शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

उपत्यकाकै जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि

१०-जेठ-२०७७ | ०७:०५:४३ am

भक्तपुर- जनप्रतिनिधिमा समेत कोरोना संक्रमण देखिएको छ ।

नेपालमा स्थानीय तहकाे जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको हाे ।

स्वास्थ्य मन्त्रालयले शुक्रवार राति पुष्टि गरेको संक्रमितमध्ये एकजना भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि भएको खुलेको छ ।

नगरपालिकाले गरेको आरडिटी परीक्षणमा उनीसँगै केही जनप्रतिनिधि र कर्मचारीहरुको नतिजा पोजिटिभ आएको थियो ।

त्यसपछि थ्रोट स्वाबको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणका लागि पठाएको थियो ।

पिपिआर परीक्षणमा ती महिना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएका हो । उनी वडामा राहत वितरणलगायत वडाका अन्य कार्यमा सक्रिय रहेकी थिइन् ।

लकडाउनसँगै वडामा विपन्नको विवरण संकलनका लागि उनी घरघर पुग्ने गरेको बताइएको छ ।

संक्रमित जनप्रतिनिधिलाई राति नै अस्पताल लगिएको र भक्तपुर नगरपालिकाको वडा नम्बर ९ लाई सिल गरेर संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको विवरण संकलन गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

भक्तपुरमा यो सँगै कोरोना संक्रमितको संख्या चार पुगेको छ। यसअघि पहिलो पटक गत बैशाख ३० मा मध्यपुर थिमि–४ शंखधरचोक बस्ने एक महिला र चाँगुनारायण नगरपालिका–१ दुवाकोट सरस्वतीखेल बस्ने एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

यस्तै, जेठ ६ माभक्तपुर नगरपालिका–५ भेलुखेलस्थित यसीँख्यका एक ४२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

भक्तपुरका संक्रमितमध्ये शुक्रबार मध्यपुर थिमि–४ शंखधरचोक बस्ने महिला र चाँगुनारायण नगरपालिका–१ दुवाकोट सरस्वतीखेल बस्ने पुरुष कोरोना संक्रमण निको भइ घर फर्किएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: