शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
प्रदेश

कांग्रेसका अग्रज नेता एवं पूर्व राज्यमन्त्री दूर्योधन सिंह थारु चौधरीको निधन

०९-जेठ-२०७७ | ०६:३३:११ pm

नेपाली कांग्रेस रुपन्देहीका अग्रज नेता एवं पूर्व राज्यमन्त्री ७० वर्षीय दूर्योधन सिंह थारु चौधरीको निधन भएकाे छ ।

वुटवल स्थित गौतम वुद्ध सामुदायिक मुट अस्पतालमा उपचारका क्रममा उनकाे निधन भएकाे हाे ।

स्वर्गीय चौधरी २०४८, २०५१ र २०५६ को आमनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

स्वर्गीय चौधरी स्थानीय विकास राज्य मन्त्री, आपूर्ति सहायक मन्त्री र महिला तथा सामाजकल्याण सहायक मन्त्री समेत भएका थिए ।

स्वर्गीय चौधरीले वि.सं. २०२८ सालमा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका थिए । उनका दुई श्रीमती, तीन छोरा र एक छोरी छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । एक शाेक बिज्ञप्ति जारी गर्दै उनले दुःख व्यक्त गरेका हुन् । उनले बिज्ञप्तिमा अग्रज नेता एवं पूर्व राज्यमन्त्री दूर्योधन सिंह थारु चौधरीको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको बताएका छन् ।

स्वर्गीय चौधरीले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेकाे देउवाले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

देउवाले उनको निधनले पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताएका छन् ।

देउवाले बिज्ञप्ति मार्फत उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । सभापति देउवाले उनको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र देउवाकाे व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: