शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

सीमा विवादको विषयमा पहिले भारतसँग वार्ता : आवश्यकपरे मात्र अन्तराष्ट्रियकरणकाे विकल्प

०९-जेठ-२०७७ | ०३:५९:०८ pm

काठमाडौं : सरकारले तत्कालै भारतसँगको सीमा विवादको विषयलाई अन्तराष्ट्रियकरण नगर्ने भएको छ।

वार्ताको माध्यमबाट छलफल गर्ने र त्यसपछिको परिस्थितिलाई मध्यनजर गर्दै अरु प्रक्रियाबाट अघि बढ्ने निर्णय आज बसेको मन्त्रिपरिषद बैठकले गरेको हो ।

‘नक्सा जारी गरिसकेपछि त्योसँग सम्बन्धित विवादका विषयहरु अथवा अरु छिमेकी देशहरुसँग विवाद हुने विषय दुईपक्षीय वार्ताको माध्यमबाट कूटनीतिक प्रयासबाट त्यसको समाधान गर्ने हो,’ बैठकको निर्णय सुनाउँदै सरकारका प्रवत्ता युवराज खतिवडाले भने, ‘त्यसलाई अहिले अन्तराष्ट्रियकरण गर्ने अवस्थामा हामीले सोचेका छैनौँ।’

उनले भारतले नेपालसँग भएका प्रमाणका आधारमा लिम्पियाधुरा, कालापानी, लिपुुलेक नेपालकै रहेको स्वीकार्ने पनि विश्वास नेपाल सरकारलाई रहेको बताए ।

‘सरकारलाई आशा छ । हामीसँग भएका प्रमाणहरु हामीसँग भएका सबुदहरुका आधारबाट मित्र राष्टसँग संवाद गरेरै हाम्रा ती भूमिलाई स्वत हाम्रो हो भनेर स्वीकार गर्ने स्थितिमा पुर्‍याउने हाम्रो प्रयास रहन्छ,’ उनले भने, ‘त्यसपछि मात्रै पछि के गर्ने भन्ने हुन्छ।’

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: