शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

सर्लाहीमा कोरोना भाईरस संक्रमित २० पुग्याे : सर्लाहीका एक संक्रमित पुरुष काठमाडाैँमा

०९-जेठ-२०७७ | ०१:१५:३८ pm

सर्लाही-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार सर्लाहीमा १५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

योसँगै सर्लाहीमा कोरोना भाईरस संक्रमित २० जना पुगेका छन् । केही दिनअघि मात्रै छिमेकी मुलुक भारतबाट ८६ जना गाउँ आएका थिए । उनीहरू सबै क्वारेन्टाइनमा बसेका छन् ।

सबैको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंस्थित टेकु अस्पतालमा पठाएको मध्ये १५ जनाको कोरोना पोजेटिभ आएको बताए ।

अहिले गोडैता नगरपालिका र राम नगर बहुअर्वा गाउँपालिकालाई सिल गर्ने तयारी भइरहेको प्रजिअ जिसिले बताए ।

सर्लाहीमा एकैपटक यति धेरै कोरोना संक्रमित भेटिएपछि जिल्लाबासीमा त्रास फैलिएको छ ।

शुक्रबार सार्वजनिक भएअनुसार सर्लाहीको गोडैता नगरपालिका वडानम्बर ८, ९, ११, १३ र रामनगर वहुअर्वा गाउँपालिका वडानम्बर ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ बर्षिय महिलामा पोजेटिभ देखिएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए ।

बागमती ९ का संक्रमित पुरुष पाँच दिनअघि बिरामी ठूलीआमालाइ लिएर उपचारका गराउनका लागि काठमाण्डौ गएको उनका आफन्तले जनाएको छ, उनीसँग भाइ पनि सँगै रहेको बागमती नगरपालिका ९ का वडाध्यक्ष रामबावु दासले जानकारी दिए।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: