शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

सशस्त्र प्रहरीद्वारा ११ करोडकाे भवन बनाउन बोलपत्र आह्वान

०९-जेठ-२०७७ | १२:२५:१० pm

सशस्त्र प्रहरी बलले भवन बनाउन ११ करोड छुट्याएर बोलपत्र आह्वान गरेको छ।

दार्चुलाको छाङ्गरूमा रहेको पोस्टका लागि ११ करोड छुट्याएर बोलपत्र आह्वान गरेको हाे ।

सशस्त्र प्रहरीले लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि यसअघि वैशाख ३१ गते टोली खटिएको थियो।

आज दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ ।

नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर (बिओपी) स्थापना गरिएको हाे ।

यो ठाउँमा १६० जना फौज रहने गरी सशस्त्रको गुल्मको रूपमा स्थापना गरी यसैमातहत कालापानी नजिकैको कौवामा र चीनसँगको सीमा तिङ्करमा थप दुईवटा सीमा सुरक्षा पोस्ट (बिओपी) स्थापना गर्ने तयारी गृहमन्त्रालयले अघि बढाएको छ। त्यसका लागि आवश्यक जग्गा लिने प्रक्रियासमेत गृहले अघि बढाएको छ।

नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि अहिले विरोध भइरहेको छ ।

सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको हो। सीमा निगरानी चौकीमा २५ जना सशस्त्र प्रहरी छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: