शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

लकडाउनको दुई महिना : सर्वसाधरण भन्छन् अब के खाने ?

०९-जेठ-२०७७ | १०:४८:०९ am

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणलाई रोक्न मुलुकमा घोषणा गरेको लकडाउनको अवधि आज दुई महिना पुगेको छ ।

गत चैत ११ गतेदे पटकपटक गरी थपिएको लकडाउनको अवधि दुई महिना पुरा हुँदा संक्रमण दर कम हुनुको सट्टा बढ्दै गएको छ।

यसर्थ सरकारले लकडाउनको अवधि पुनः थप गर्न सक्ने अधिकारीहरूको अनुमान छ।

लकडाउनमा अत्यावश्यकबाहेक अन्य काममा हिँडडुल र सवारीसाधन प्रयोग गर्न रोक लगाइएपछि खासगरी निम्न आय भएका तथा ज्यालामजदुरी गर्ने वर्ग ज्यादै मर्कामा परेका छन्।

सुरुवाती चरणमा स्थानीय निकायदेखि व्यक्तिगत रुपमा समेत ठाउँठाउँमा खाद्यान्य सहयोग गर्नेको बाढी नै चलेको थियो । अहिले यो क्रम पनि रोकिदा उनीहरुलाई हातमुख जोड्न समस्या भएको छ।

साँझ खाए विहान के खाने भन्नेहरु नै लकडाउनको सबै भन्दा मारमा परेका छन् । राहत बाढ्नेहरु सबै थन्किएका छन् । सरकारले ठोनेको होला, एक पटक बाढेको एक पोका राहत अझै बाँकी होला भन्ने ।

ज्याला मजदुरी गर्दै जीवन धान्दै आएका श्रमिक वर्गलाई भने अब के खाने कसो गर्ने भन्ने चिन्ताले सताउन थालेको हो ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार लकडाउनको मोडालिटीमा केही परिर्वतन गर्ने कि भन्ने तयारी भइरहेको छ । उनी भन्छन् अहिले जति पनि संक्रमित छन् ती प्राय सबै आयातित हुन् ।

लकडाउन गर्दासम्म नेपालमा संक्रमण फैलिइसकेको थिए । दुई महिनाको यो अवधिमा तराईदेखि पहाडसम्म ३८ जिल्लामा संक्रमित भेटिएका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: