शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

घरेलु राजनीतिमा हजारौँ विमती भएपनि राष्ट्रियताको सवालमा हामी सरकारसँगै छौँः नेता पौडेल

०९-जेठ-२०७७ | ०९:४१:३० am

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले घरेलु राजनीतिमा हजारौँ विमती भएपनि राष्ट्रियताको सवालमा आफू र आफ्नो पार्टी सधै सरकार र प्रधानमन्त्रीको साथमा रहेको बताएका छन्।

कांग्रेसका केन्दीय सदस्य समेत रहेका पौडेलले सामाजिक सञ्जाल ट्वीट मार्फत आफ्नो प्रतिक्रिया दिदै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारले डटेर अडान लिनु पर्ने पनि बताए। उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सधै सरकारको साथमा रहेको उल्लेख गरे।

ट्वीटमा उनले लेखका छन्, ‘घरेलु राजनीतिमा सरकार र प्रधानमन्त्रीसङ्ग हजारौं विमती होलान् तर राष्ट्रिय स्वाधीनताको रक्षाको मामलामा हामी सरकारसँगै छौं। सरकारले डटेर अडान लिनैपर्छ, हामी साथमा छौं । केही भारतीय मिडियाको सनसनीपूर्ण शैली खेदजनक छ। मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठलाग्दो हुनेरहेछ।,

केही भारतीय मिडियाले नेपालले सार्वजनिक गरेको नयाँ नक्साको विषयलाई लिएर सनसनीपूर्ण शैली देखाएको भन्दै उनले त्यसप्रति खेद प्रकट गरेका छन्। साथै उनले भारतीय मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठ लाग्दो रहेको पनि उल्लेख गरेका छन्।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: