शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

स्थितिझन भयावह हुदै: एकै दिन १ लाख ६ हजार मानिस कोरोनाबाट संक्रमित

०८-जेठ-२०७७ | ०१:११:२५ pm

काठमाडौं । एकै दिन १ लाख ६ हजार मानिस कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भेटिएका छन् । विश्वभरका एकै दिन भेटिएकाे याे संख्या अहिलेसम्मकै उच्च हो ।

बुधबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानले बताएका छन् ।

संक्रमितकाे संख्यामा दुई तिहाइकाे हिस्सा अमेरिका, रुस, ब्राजिल र भारतले ओगटेका छन् ।

अहिले नै कोरोना भाइरस अन्त्य हुने दिशातर्फ अघि बढिरहेको छ भनेर नबुझ्न डब्ल्यूएचओले सुझाव दिएको छ ।

जेनेभामा बोल्दै गेब्रेयेसुसले लकडाउन खुकुलो पार्ने दिशामा अघि बढिरहेको अवस्थामा गरिब मुलुकमा यो महामारी तीव्र गतिमा फैलिन सुरु गरेको बताएका छन् ।

विकसित मुलुकले कोरोना भाइरस नियन्त्रणमा आएसँगै लकडाउन खुकुलो पार्ने दिशामा अघि बढिरहेका छन् जस्ले भाेली भयावह अवस्था आउन सक्ने चेतावनी डब्ल्यूएचओले दिएकाे छ ।

उनले निम्न र मध्यम आय भएका मुलुकमा यो भाइरसको महामारी फैलिनु चिन्ताको विषय रहेको बताए ।

बिबिसीबाट अनुवादित

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: