शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

बिचल्लीमा परेकी सुत्केरीलाई आश्रय दिने ‘आमा’

०८-जेठ-२०७७ | ०६:४८:०३ am

पोखरा–कोरोना संक्रमणबाट नागरिकलाई बचाउन सरकारले लकडाउन जारी गरेपछि सर्बसाधारणहरू मर्कामा परेका छन् । पोखरामा पनि एक सुत्केरी आमाछोरीको बिचल्ली भएको थियो । उनीहरूलाई समाजसेवी प्रमिला तझ्याले आश्रय दिएर प्रेरणादायी काम गरेकी छिन् ।

एकल महिलाको हकहितमा क्रियाशील हुँदै आएकी तझ्याले गएको वैशाख ७ गतेदेखि २१ वर्षिया सुत्केरी मनिका माझी र उनकी छोरी अप्सरालाई आफ्नै घरमा राखेर स्याहार गर्दै आएकी हुन् । उनीहरूलाई पोषिलो खाना खुवाएकी छिन् ।

छोरी अप्सरासँग मनिका माझी

तझ्याले संरक्षणमा लिनु अघि पोखरा नयाँ बजारकै मनकारी महिला बीना पाख्रिनले २१ दिनसम्म माझी आमाछोरीको सेवा गरेकी थिइन् ।

तझ्याले उनीहरूलाई वैशाख ७ गतेदेखि आफ्नो घरमा राखेकी हुन् । अप्सरा ६ महिनाकी भइन् । जन्मँदा उनको तौल १ किलो ३ सय ग्राम थियो । अहिले उनको तौल ४ किलो ६ सय ग्राम पुगेको छ ।

माझीको जीवन कथा दुःखदायी छ । उनको माइती रामेछापको पुचिघाट हो । उनको विवाह काहुँशिवपुर, तनहुँका बलबहादुर सुनारसँग भएको थियो । काठमाडौंको बालाजुमा मजदूरी गर्ने बेलामा सुनारसँग प्रेम बिवाह भएको उनले सुनाइन् ।

उनी गर्भवती भएको केही महिनापछि उनलाई छाडेर सुनार गाउँ भागेछन् । त्यसपछि माझी पनि सोध्दै खोज्दै तनहुँ पुगिन् । त्यहाँ पुगेर आफ्नो श्रीमानको जेठी श्रीमती देख्दा उनले आफुलाई ढाँटेर बिहे गरेको थाहा पाइन् ।

उनले गर्भवती भएको ७ महिनामै गत मंसिर २१ गते पोखराको गण्डकी अस्पतालमा छोरी जन्माइन् । अस्पतालबाट ११ दिनमै बलबहादुरले उनलाई घरमा लगे ।

तर, उचित स्याहार र पोषिलो खानाको अभावमा उनी बिरामी परिन् । गाउँको स्वास्थ्य चौकीले उनलाई फेरी गण्डकी अस्पतालमा रेफर गर्‍यो ।

उनलाई अस्पतालले निःशुल्क खाना र बस्ने सुविधा दियो । उनका श्रीमान् भने उनलाई अस्पतालमै छाडेर गाउँ फर्के । तर, चैत ११ गतेदेखि सरकारले लकडाउन गरेसँगै उनलाई अस्पतालले डिस्चार्ज गरिदियो ।

उनले श्रीमान्लाई फोन गरिनँ । तर, उताबाट कुनै रेस्पोन्स भएन । उनको बिचल्ली देखेर पाख्रिनले उनलाई आफ्नो डेरामा लगिन् । र, स्याहार गरिन् । उनले २१ दिनसम्म स्याहार गरेपछि उनको डेरा नजिकै नवप्रभात माविमा बिचल्लीमा परेकालाई राख्न क्याम्प खडा गरियो ।

माझीलाई त्यहाँ राख्न सकिन्छ कि भनेर पाख्रिन बुझ्न गएका बेला उनको भेट समाजसेवी तझ्यासँग भयो । तझ्यालाई सुत्केरी आमा र छोरीको माया लागेर आयो । त्यसैले उनीहरूलाई आफ्नै घरमा लिएर आइन् ।

तझ्या एकल महिला समूह गण्डकी प्रदेशकी अध्यक्ष हुन् । उनका एक छोरी र एक छोरा हुर्किसकेका छन् । यतिबेला उनले मनिका र अप्सराको आमाको भूमिका निवार्ह गरिरहेकी छिन् । त्यसैले त माझी भन्छिन्, ‘प्रमिला दिदी हाम्रो लागि आमा समान हुनुहुन्छ ।’

समाजसेवी प्रमिला तझ्या

समाजसेवी तझ्याले उनीहरूलाई लकडाउन जारी भएसम्म घरमै राख्ने योजना बनाएकी छिन् । त्यसपछि माझीको परिवारसँग भेट गराएर उनीहरूको विवाह दर्ता र छोरीको जन्म दर्ता गराउन पहल गर्नेछिन् ।

यतिका दिनसम्म पनि श्रीमान्ले कुनै खोजी नगरेपछि सुत्केरी माझीको मन दुखेको छ । ‘श्रीमान्ले मेरो फोन समेत उठाउनुहुन्न’, उनले दुखेसो पोखिन्, ‘त्यसैले अब म गाउँमा जान्न । पोखरामै दुःखजिलो गरेर बस्छु ।’

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: