शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
समाचार

अस्पतालले जिउँदो मान्छेलाई मृत भनेपछि

०७-जेठ-२०७७ | ०४:३३:१८ pm

गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षकलाई रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले मृत्युनै नभई मृत बताएकाे छ ।

ज्वरो आएर अस्पताल भर्ना गरिएका उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियाे । उनमा काेराेना सङ्क्रमण पुष्टिभएपछि चिकित्सकहरु उनको छेऊ पर्न छाडेका छन् ।

उनलाई भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई सम्पर्क गरेर कोरोनाबाट बिरामीको मृत्यु भयो भन्दै शव कहाँ व्यवस्थापन गर्ने भनेर अस्पतालले सोध्याे ।

जस्काे आधारमा सञ्चारमाध्यममा प्रकाशित उनकाे मृत्युकाे खवर गलत सावित भएकाे छ । अस्पतालले गरेकाे लापरवाहीका कारण जिउँदो मान्छेलाई मृत भनेर समाचार सम्प्रेषण भएकाे हाे ।

भेन्टिलेटरमा दुई दिनदेखि अलपत्र बिरामीको ‘शव व्यवस्थापन’ तिर लागिसकेको क्रिमसन अस्पताल प्रशासनले अन्ततः बुधबार दिउँसो एकाएक बिरामी जीवितै रहेको विज्ञप्ति जारी गर्‍यो ।

स्रोतका अनुसार जीवित व्यक्तिबारे झूठो विवरण दिएको भन्दै सामाजिक विकास मन्त्रीले अस्पतालमा फोन गरेर तुरुन्त विज्ञप्ति जारी गर्न भनेका थिए । प्रदेश सरकारलाई झूठो विवरण दिने अस्पताल प्रशासनमाथि मन्त्रालयले थप छानविन गर्ने स्रोतले अनलाइनखबरलाई बतायो ।

सामाजिक विकास मन्त्रालयका एक अधिकारीले भने, ‘पोजेटिभ रिपोर्ट आएपछि सोमबारदेखि भेन्टिलेटरमा चिकित्सकले हेरेकै रहेनछन् । हेर्दै नहेरी मृत्यु भयो भनेर परिवारलाई समेत खबर गरेछन् । आज हेर्न जाँदा पो बिरामी जीवितै रहेको पाइएछ ।’

कोरोना संक्रमण पुष्टि भएपछि उपचार र हेरचाह नपाएका ती बिरामीको स्थिति गम्भीर रहेको अस्पताल प्रशासनले स्वीकार गरेको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: