शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
प्रदेश

कांग्रेस रामेछापका नेता ढुंगेलको निधन

०६-जेठ-२०७७ | ११:५९:४२ am

काठमाडौं । प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेस रामेछापका पूर्व महासमिति सदस्य ८२ वर्षीय रुद्रप्रसाद ढुंगेलको सोमबार निधन भएको छ । काठमाडौंको कुलेश्वर स्थित आफ्नै निवासमा निधन भएका ढुंगेल मुटु सम्बन्धि रोगबाट पीडित थिए ।

वि.सं. २०१७ सालमा प्रजातन्त्र अपदस्त गरिएपछि वि.सं. २०१८ सालको संघर्षका क्रममा तत्कालीन पञ्चायती व्यवस्थाको विरोध गर्दै प्रजातन्त्र वहालीका लागि रामेछापको बडाहाकिम कार्यालयमा भएको बम प्रहारको घटनामा स्वर्गीय ढुंगेल संलग्न थिए ।

ढुंगेलको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । देउवाले भनेका छन्, ‘प्रजातन्त्र सेनानी एवं रामेछापका नेता रुद्रप्रसाद ढुंगेलको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ ।

स्वर्गीय ढुंगेलले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गर्नु भएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

उहाँको निधनबाट नेपाली कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु ।

साथै, उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु ।’

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: