शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ शिल गर्ने निर्णय

०४-जेठ-२०७७ | ०१:१८:१० pm

काठमाडौं–बुढानिलकण्ठ नगरपालिका वडा नं १२ की १८ वर्षीय युवतीको रिपोर्ट पोजिटिभ आएपछि वडाले उच्च सतर्कता अपनाइएको छ।

लक डाउन हुन अगाडि नै सर्लाहीमा १ महिना बसाईपछि कोही अगाडि दिन उनीहरु काठमाडौं आएका थिए।

सर्लाही जिल्लाको रामनगर ४ स्थायी ठेगाना भएकी ति युवतीका आमा र उनको भाइको रिपोर्ट भने नेगेटिभ आएको उनको परिवारले जानकारी दिएको छ।

त्यसपश्चात ति युवतीलाई अस्पतालमा राखिएको छ। उक्त सुचना प्राप्त भए संगै सो क्षेत्र शिल गरेर उनीहरुको सम्पर्कमा आएकालाइ पनि आइसोलेसनमा बस्ने प्रवन्ध गरिने वडा अध्यक्ष शम्भु भट्टराईले जानकारी दिएका छन्।

वडा नं १२ ले वडाका टोल विकास समितिहरु संग वडालाई सुरक्षित बनाउन र वडावासीको सुरक्षाका लागि अपनाउनु पर्ने उपायका वारेमा छलफल गरिएको थियो ।

एउटा टोल बाट अर्को टोलमा हुने आवत जावत रोक्नका लागी ति समितिले स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ।

संगसगै वडामा क्वारेन्टाइन स्थापना गर्ने निर्णय गर्दै आपतकालीन अवस्था र खध्यान्न ब्यवस्थापन टोल विकास समितिको समन्वयमा गर्ने गरि सम्पुर्ण पसलहरु एक हप्ता सम्म बन्द गर्ने निर्णय गरेको छ।

बुढानिलकण्ठ नगरपालिका तेन्जिंग चोकमा संक्रमित भेटिएपछि वडा नम्बर १२ ले वडाका सबै टोल विकास समितिसंग को छलफल पस्चात वडालाई शिल गर्ने निर्णय गरेको हो।

 

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: