शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीको कोरोना एन्टीबडी पोजेटिभ

०२-जेठ-२०७७ | ०८:२६:०१ pm

काठमाडौं । काठमाडौंका सफाइ कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकामा ३१ जनाको कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ ।

काठमाडौं महानरपालिका मातहत कार्यरत ९३४ जना कर्मचारीमध्ये ६६४ जनाको आरडीटी (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) र २६८ जनाको पीसीआर (पोलिमेयर चेन रियाक्सन) बिधिबाट शुक्रबार कोरोना भाइरस परीक्षण गरिएको हो ।

आरडीटी परीक्षण गरिएकामध्ये ३ जना महिला स्वास्थ्य स्वयं सेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनाको कोरोना एन्टीबडी पोजेटिभ देखिएको महानगरपालिकाले जनाएको छ ।

आरडीटी परीक्षणमा पोजेटिभ नतिजा देखिएका कर्मचारीको पीसीआर परीक्षण गरिसकिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

सफाइ कर्मचारीमध्ये बढी उमेरका, दीर्घ रोगको औषधि खाइरहेका र कमजोर स्वास्थ्य अवस्था भएकाहरुको पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने अन्य कर्मचारीको आरडीटी विधिबाट परीक्षण गरिएको थियो ।

आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएकालाई टेकुस्थित वातावरण व्यवस्थापन विभागको भवनमा क्वारेन्टाइनमा राखिएको विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

महानगरपालिकाले बिहीबार कालीमाटी तरकारी बजारमा गरिएको पीसीआर परीक्षणमा कसैमा पनि संक्रमण पुष्टि भएको छैन ।

आरडीटी परीक्षणबाट एन्टीबडी पोजेटिभ देखिएकाहरुको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: