शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
Welcome news

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिममा

३०-बैशाख-२०७७ | ०६:५०:३१ am

काठमाडौं – उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ ।

सरकारले उपत्यका प्रवेश गर्ने नाकाहरूमा सवारीसाधन कडाइ गरेर उपत्यकालाई केही खुकुलो पारेसँगै याँहा जाेखिम उच्च देखिएकाे हाे ।

सवारीसाधनबाटै उपत्यकामा संक्रमण फैलन सक्ने त्रास बढेको हो ।

भारतीय नाका हुँदै फलफूल, खाद्यान्न, औषधि, ग्याँस, पेट्रोलियम पदार्थलगायत सामग्री बोकेर उपत्यका भित्रिने सवारी साधन मार्फत संक्रमणकाे जाेखिम उच्च देखिएकाे छ ।

उपत्यकामा दैनिक एक हजार हाराहारीमा मालवाहक सवारीसाधन प्रवेश गर्छन् ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार ती सवारीमा कम्तीमा पनि तीन-तीनजना ओहोरदोहोर गर्दा पनि उपत्यका प्रवेश गर्नेको संख्या तीन हजार पुग्छ ।

एकजना चालक, सहचालक र सहयोगी भनेर तीनजना मालवाहक सवारीमा उपत्यका प्रवेश गर्ने गरेको प्रहरी तथ्यांकले नै बताउँछ ।

तर सम्बन्धित डिपोहरूमा सामाना झारेपछि ती चालक र सहचालक कहाँ बस्छन् र कहाँ खान्छन् भन्नेबारे सरकारी निकाय नै जानकार नभएकाे खबर आजकाे नागरिक दैनिकमा प्रकाशित छ ।

सरकारले उनीहरूलाई सुरक्षित राख्न कुनै व्यवस्था नगर्दा भारतबाट नेपालसम्म सामान ढुवानी गर्ने चालकहरूबाटै कोरोना सर्ने हो कि भन्ने डर बढेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

उनका अनुसार सरकारले उनीहरूलाई खानेबस्ने र फर्कने नियम नतोकिदिँदा कति दिन बस्छन् भन्ने अनुमान गर्न मुस्किल परेको छ ।

थानकोट नाकामा उनीहरूलाई कडाइ गरेरे सबैखाले रेकर्ड प्रहरीले राखेको छ। तर त्यतिले मात्रै पर्याप्त देखिँदैन ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: