मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
सप्तरीमा एकजना गर्भवतीको मृत्यु: कोरोनासँग मिल्दो लक्षण: स्वाब लिइयाे   * थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

कांग्रेसद्वारा कोरोना ‘स्व–परीक्षण वेब एप’ सञ्चालनमा

२४-चैत्र-२०७६ | ०८:४६:२१ pm

 

नेपाली कांग्रेसले नागरिकले कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे र नरहेको परिक्षण गर्न सक्ने ‘स्व–परीक्षण वेब एप’ सञ्चालनमा ल्याएको छ ।

कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले विशेषज्ञ चिकित्सकहरुको परामर्शमा वेब सञ्चालनमा ल्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । वेबबाट कोरोना भाइरस संक्रमणको लक्षण रहे नरहेको आफै परिक्षण गर्न सक्नुका साथै कसैमा कोरोना संकेत देखिए भौतिक परिक्षण र उपचारका लागि प्रेरित गर्ने, नदेखिए मानसिक तनावबाट मुक्ति दिलाउन सघाउने प्रवक्ता शर्माले बताए ।

नागरिक पंक्तिमा कोरोना जोखिमबार सचेतना थप अभिवृद्धि गराउन, भौतिक रुपले परिक्षणको दायरा फराकिलो हुन नसकिरहेको बेला मनोवैज्ञानिक रुपले ठूलो पंक्तिलाई स्व–परिक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउन र संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न व्यक्ति, समुदाय र सरकारलाई सघाउन एप बनाइएको शमाको भनाई छ ।

इन्जिनियरद्वय शशांकश्री न्यौपाने र दिपेश बिष्टले बनाएको एप www.nepalicongress.org/covid19/  मा गएर प्रयोगमा ल्याउन सकिन्छ । एपबाट डा.अञ्जनी झा, डा. बासुदेव पाण्डे, डा. अनिलविक्रम कार्की, र डा अशेष ढुंगानाले चिकित्शकीय परामर्श दिनेछन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: