मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   * बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
प्रदेश नं ७

विपन्नलाई राहत वितरण कार्यमा बर्दगोरियाका स्थानीय यूवाहरु एकजुट हुँदै

२१-चैत्र-२०७६ | १०:३५:४४ pm

कैलालीका विभिन्न स्थानमा स्थानीय व्यापारी तथा बुद्धिजिवि समाजसेवीले विपन्न परिवारलाई राहत वितरणको कार्य जारी राखेका छन् । देशव्यापी लकडाउनको समयमा कतिपय ठाउँमा अति विपन्न मानिसहरुलाई साँझ विहान छाक टार्न पनि धौधौ परिहेका बेला स्थानीय युवाहरुको अगुवाईमा सामान्य मजदुरी गरेर खाने अति गरिब परिवारको पहिचान गरी उनीहरुको घरघरसम्म पुगी लकडाउनकै समयमा राहत वितरण गरिरहेका छन् ।

एनआईसी एशिया बैंकले सुदुरपश्चिम प्रदेशका अतिगरिब परिवारलाई तीन लाख बढिको खाद्य सामग्री वितरण गरेको छ । बैंकको सुदुरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले वेदकोट, गोदावरी र गौंरीगंगा नगरपालिका तथा बर्दगोरिया र जोशीपुर गाँउपालिका प्रतिनिधिहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । त्यस्तै सुदूरपश्चिम प्रदेशको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले कैलालीको बर्दगोरिया गाउँपालिका २ मा रहेको साहारा घरमा राहत वितरण गरेकी छिन् । साहारा घरमा ७० जना बेसहाराहरुलाई दाल, नून, चामल, तेल सहितका सामाग्री दिइएको साहारा घरका सञ्चालक बल बहादुर बिष्टले बताए ।

त्यसैगरी बर्दगोरिया गाउँपालिकाका समाजसेवी युवा अजय मल्लले बर्दगोरिया अस्पतालसंगको सहकार्यमा आज पनि राहत वितरण कार्य जारी राखेका छन् । सोही गाउँपालिका वडा नं. १ र ४ मा रहेका १० घरमा शुक्रबार खाद्य सामग्री वितरण गरेका छन् ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: