मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   * बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने   * कर्णाली प्रदेशमा कोराना संक्रमणकाे गति तीब्र   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

लकडाउनले सामान्य जनजीबनमा थप सास्ती दिएको छ

१८-चैत्र-२०७६ | ११:५४:१२ am

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम गर्न मुलुकमा सरकारले लगाएको लकडाउनलाई लम्ब्याएपछि सामान्य जनजीबनमा यसले थप पीडा थपिदिएको छ । दिनभर काम गरेर बिहान–बेलुका हात मुख जोड्ने परिवारमा लकडाउनले कतै जान नपाएपछि जटिल समस्या उत्पन्न भएको छ । त्यस्ता परिवारमा गुजारा टार्न नै अत्यन्त गम्भिर समस्या भएको गुनासो गरिएको छ ।

यस अवस्थाबाट जोगिन सरकारले सामान्य तथा मध्यम परिवारका लागि राहत घोषणा गर्दै आएको छ । कतिपय स्थानमा स्थानीय तहले त्यस्ता परिवारलाई सहयोग गर्दै आए पनि शहरी इलाकामा भने समस्या झन विकरालरुपमा देखिन थालेको हो ।

सरकारले एक्कासि लकडाउन गर्दा कार्य क्षेत्रमा खटिएका कामदारको बिचल्ली भएको छ । उनीहरू घर जान नसकेर विचमै फसेका छन् ।
मध्यपहाडी राजमार्ग निर्माणको काममा खटिएका करिब ६० जना कामदारले घर जान नपाएको गोल्डेन कम्पनीका प्रोजेक्ट म्यानेजर हिमाल पौडेलले जानकारी दिए ।

सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर गत ११ चैत बिहान ६ बजेदेखि एक साताका लागि नागरिकलाई घर बाहिर निस्कन र सवारी साधन चलाउन प्रतिबन्ध गरेको थियो । सरकारले पुनः आइतबार लकडाउनको अवधि एक साता थप गरेको छ ।

लकडाउनमा सवारी सञ्चालनमा प्रतिबन्धका कारण सामान्य परिवारका कोही सदस्य बिरामी हुँदा हिँडेरै अस्पताल पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । न्यून तथा मध्यम वर्गीय परिवारले आर्थिक कमजोर अवस्थाका कारण एम्बुलेन्स रिजर्भ गर्न नसक्ने र अन्य सवारीसाधन सञ्चालन नहुँदा हिँडेरै अस्पताल पुग्नुपरेको हो ।

News24 : Premium News Channel

कतिपय अवस्थामा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले त्यस्तो समस्या परेकालाई सहयोग र समन्वय गर्दै आए पनि कतिपय ठाउँमा सजाय दिने गरेको पाइएको छ । एक पुरुष खाली सिलिन्डर बोकेर हिँड्दै गर्दा प्रहरीले सिलिन्डर काँधमा बोकाएर सजाय दिएको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

लकडाउनको पहिलो दिन एक बिरामी र उनको परिवार बोकेको सवारीलाई ट्राफिक प्रहरीले सजाय गरेको पाइएको छ । काठमाडौंबाट १० चैतमा नै हिँडेको एउटा सवारी साधन भकुन्डेबेंसीमा सामान्य दुर्घटनामा परेको थियो । त्यहाँ प्रहरीले दुर्घटनाबारे कागज बनाइदिएको र त्यही कागज देखाउँदा झापाको बिर्तामोडमा ट्राफिक प्रहरीले सवारी चालकमाथि सजाय गरेको चालक जयशंकर साहले बताए ।

‘बाटोमा थोरै अलमल भयो, दुर्घटनाको कागजसमेत प्रहरीले बनाइदिएको थियो, त्यहीँ कागज देखाउँदै हामी जाँदा अन्यत्र प्रहरीले केही गरेन । बिर्तामोडमा बिहान ८ बजेतिर कारबाही ग¥यो,’ साहले भने, ‘बिरामी मान्छे बोकेर आएको हजुर भन्दा पनि केही लागेन ।’

कोरोना भाइरसको आशंका गरिएकालाई सरकार आफैंले उपचारमा सहयोग गर्ने घोषणा गरे पनि अन्य प्रकारका बिरामी भने सवारीसाधन नचल्दा मर्कामा परेका छन् । यसअघि सामान्य तथा मध्यम परिवारका सदस्य सार्वजनिक सवारी तथा ट्याक्सी चढेर अस्पतालसम्म पुग्ने गरेका थिए । अहिले अत्यावश्यक बाहेक सबै किसिमका सवारीसाधन ठप्प छन् ।ट्राफिक प्रहरीले अत्यावश्यकबाहेकका सवारी साधन चलाएको पाएमा दिनभर नियन्त्रणमा लिएर बेलुका छाड्ने गरेको छ । महानगरीय ट्राफिक प्रहरीले सोमबार बिहान २ सय ४२ वटा सवारीलाई नियन्त्रणमा लिएको छ ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाअन्तर्गत आइतबार २ सय ४३ सवारी साधन नियन्त्रणमा लिइएको थियो । महाशाखाले शनिबार लकडाउन उल्लंघन गर्ने झन्डै डेढ सय सवारी साधनलाई उपत्यकाबाट नियन्त्रणमा लिएको थियो ।

लकडाउनको पहिलो दिन नेपाल प्रहरीले सयौंलाई सम्झाई बुझाई गर्नुपरेको थियो । सम्झाउँदा पनि अटेर गरेर हिँड्ने ५२ जनालाई नियन्त्रणमा लिएर छाडिएको थियो । त्यस्तै, महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि सयौं सवारी साधनलाई सम्झाएर फिर्ता पठाएको थियो ।

लकडाउनको दोस्रो दिन उपत्यकामा ट्राफिक प्रहरीले १ हजार ६३ सवारीसाधनलाई नियन्त्रणमा लिएको थियो । बुधबार नियम उल्लंघन गर्ने १ सय ३४ चार पांग्रे र ९ सय २९ दुई पांग्रे गरी १ हजार ६३ सवारी साधन नियन्त्रणमा आएका थिए । बिहीबार साँझसम्म २ सय ५३ सवारी साधन नियन्त्रणमा लिएको थियो । लकडाउनको चौथो दिन शुक्रबार २१६ सवारी साधनलाई नियन्त्रणमा लिएको थियो ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कूटनैतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधनले भने आवतजावत गर्न पाउने ट्राफिक प्रहरीले जनाएको छ । सरकारले अन्य सवारी साधन चलाउने निषेध गरेको हो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: