मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   * बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने   * कर्णाली प्रदेशमा कोराना संक्रमणकाे गति तीब्र   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरु आन्दोलित

१७-चैत्र-२०७६ | ०६:१९:२३ pm

सुनसरी – सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवारत स्वास्थ्यकर्मी कर्मचारीहरु यतिखेर आन्दोलित भएका छन् ।

आफूहरु कोरोना भाइरस संक्रमणको उपचारमा खटिँदा प्रतिष्ठानले आवश्यक सुरक्षाका वस्तुहरु उपलव्ध नगराएकोमा असन्तोष प्रकट गर्दै उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

समाचार माध्यम सबै तयारी अवस्थामा भनिए तपानि पीपीई लगायतका आवश्यक सामाग्रीहरु उपलव्ध नगराएको भन्दै उनीहरु आक्रोशित भएका हुन् ।

कोरोना संक्रमणको आशंका गरिएकाहरुको उपचारमा अग्रपंक्तिमा रहने नर्स तथा कर्मचारीहरुलाई अति आवश्यक पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट पीपीई उपलब्ध नगराउँदा आफ्नो तथा परीवारकै स्वास्थ्य जोखिममा परेको स्टाफ नर्सहरुले बताएका छन् ।

आइतबार प्रतिष्ठानका कार्यवाहक उपकुलपतिलाई अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध गराउन माग गर्दै उनीहरुले आफुहरु सामान्य मास्क लगाएर काम गरिरहेको बताएका छन् ।

प्रतिष्ठानका नर्सहरुले प्रतिष्ठानसमक्ष चाँडोभन्दा चाँडो पीपीई उपलब्ध गराउन माग गरेका छन् । उनीहरुले आफ्नो तथा परीवारको समेत स्वास्थ्य विमाको माग गरेका छन् ।

आइतबार उनीहरुले प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरुप्रसाद खनाल र अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई लिखित निवेदन दिँदै सुरक्षा सामग्री उपलब्ध गराउन उनीहरुलर् माग गरे ।

प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.खनालले उपचारमा खटिइएका सबै स्वास्थ्यकर्मीहरुलाई सुरक्षा सामग्री उपलब्ध गराउन प्रतिष्ठान लागिपरेको भएपनि पीपीई सबैतिर अभाव भएकोले समस्या भइरहेको बताए ।

उनले सरकारसँग पीपीई माग गरिरहेको बताउँदै प्रतिष्ठानमा सुरक्षासामग्री आउने वित्तिकै कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई उपलब्ध गराउने बताए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: