मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
सप्तरीमा एकजना गर्भवतीको मृत्यु: कोरोनासँग मिल्दो लक्षण: स्वाब लिइयाे   * थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

भारतमा लक डाउनको बेलामा १९ प्रतिशतले शेयर बढ्यो नेपालमा भोलीबाट बजार खुल्ने अघिल्लो निर्णय

१७-चैत्र-२०७६ | ०२:१६:४२ pm

 

विश्वमा कुनै पनि देशमा लक डाउनको बेलामा शेयर बजार बन्द गरिदैन किनकी यो फोन र नेटबाट चल्ने व्यापार हो । आज सोमबार भारतको सेन्सेक्समा १९ प्रतिशतले शेयर बढेको छ । नेपाललमा ५ कार्य दिन शेयर बजार बन्द भएपछि भोली के हुन्छ भन्न सकिदैन तर विश्वको उदाहरण देख्दा सायद भोलीबाट शेयर बजार खुल्ने छ ।

कसैले सरकारले थपेको लक डाउन समयसम्म सेयर कारोबार बन्द गराउने जस्ता अफवाहपनि फैलाइ रहेका छन् । तथापि, औपचारिक निर्णय भने भइनसकेको नेप्सेले जानकारी दिएको छ । सरकारले घोषणा गरेको लक डाउन अवधिभर लगानीकर्ताको स्वस्थ्यलाई समेत ध्यानमा राखेर कारोबार खोल्ने तर सबैले घरबाट कारोबार गर्ने गरी खोलिनु पर्ने लगानी कर्ता हरु बताउँदछन ।

अर्थ मन्त्रालयले बैंकिङ, बिमा र धितोपत्रको न्यूनतम सेवालाई निरन्तरता दिन निर्देशन दिएको हुनाले शेयर बजारलाई पनि धेरै भिड नगर्ने गरी नेटबाट कारोवार गर्न दिने तयारी हुन सक्छ ।

नेप्सेले यसअघि धितोपत्र बोर्डको निर्देशनमा गत सोमबारदेखि लागू हुने गरेर ५ कार्यदिनका लागि सेयर कारोबार बन्द गरेको छ । उक्त निर्णय अनुसार अब मंगलबार चैत १८ गते देखि कारोबार खुल्छ ।
पुरै देश भर इन्टरनेटको पहँुच भएको भएको हुनाले शेयर बजार र अनिवार्य भएकोले तरकारी बजार, खुद्रावजार बन्द गर्नु पर्ने आवश्यकता नरहेको धेरैको तर्क छ । यदि नेपाल स्टक एक्सचेन्जले कुनै सूचना नगरेमा भोलीबाट शेयर बजार खुल्ने छ । धीतोपत्र बोलेमा त्यसै अनुरुप हुने छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: