मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
दृष्टिबिहिन दम्पती सोध्छन् सरकार लकडाउन कहिले खुल्छ ?   * ५ बजे बस्ने गरी प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान   * सप्तरीमा एकजना गर्भवतीको मृत्यु: कोरोनासँग मिल्दो लक्षण: स्वाब लिइयाे   * थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

नेपाल टेलिकमले ग्राहक झुक्यायो र गल्ती गर्यो

१७-चैत्र-२०७६ | ०९:२६:५८ am

 

केही दिन अगाडी मिडिया भरी हल्ला भयो नेपाल टेलिकमले जनतालाई लक डाउनको बेलामा जतिको कार्ड रिचार्ज गर्ने हो त्यति नै बोनस दिन्छ भन्ने खबर । जति रिचार्ज त्यति नै बोनस भनेर नेपाल टेलिकमले भने कै हो । वोनस शब्दको अर्थ सायद एनटिसि ले राम्रै बुझेको होला ।

त्यही समाचारको आधारमा धेरैले लकडाउनको बेलामा रिचार्ज गरे । रिचार्ज गरेपछि त्यहाँ बोनस भन्ने लेखिएन तर फोन गर्दा मुल ब्यालेन्स बाट पैसा काटिएन । ठिकै छ भनेर मानिसले फोन गरे अनि बोनस छ भनेर तेश्रो दिन फोन गर्दा त बोनस सोनस केही छैन व्यालेन्सबाट नै काटिन थाल्यो ।

यसरी ग्राहक लाई झुक्याउने किसिमको सुविधा टेलिकम जस्तो सरकार नियन्त्रित संस्थाले दिए भन्नु राम्रो होइन ।

यदि सुविधा दिएको हो भने बोनस बरावरको रकम नसकिदा सम्म दिनु पर्छ । होइन भने समय तोकेर जनतालाई झुक्याएर ललिपप दिएर व्यापार गर्न त एनसेल छदै छ नी, टेलिकम किन चाहियो ।

यसरी समय तोकेर त जस्तो सुविधा दिए पनि भयो नि ।

५ लाख बोनस पाउँनुहोस ५ मिनटमा सक्नुहोस , यस्ता सहुलियतको केही अर्थ छ ।

कसैले नेपालबाट १ मिनटमा अमेरिका पुग्नुहोस १ करोड डलर पाउनु होस । भन्यो भने त्यो सुविधा हुन्छ ।

क्याम्पसमा कक्षा ११मा भर्ना गर्दा ५० प्रतिशत छुट भन्ने अनि १२ मा पुरै डस्ने । यि सवै तल्लो स्तरका व्यापारिक रणनीति हुन् । यो गर्नु हुँदैन ।
सिधा भन्न सक्नुपर्छ ।

बोनसको अर्थ प्राप्त गर्ने वालाले जहिले खर्च गर्न पनि पाउनु पर्छ । कम्पनीको साधारण सभामा दिइने बोनस १० दिन भित्र खर्च गर्ने भनेर लेख्न पाइन्छ ? पक्कै पाइदैन ।

नेपाल टेलिकमले भुकम्पको बेलामा निशुल्क फोन गर्ने सुविधा दिएको हो महिनौ सम्म । त्यस्तो हो भने अहिले आएर झुक्याउनु किन पर्यो त्यो पनि लक डाउनको बेलामा । तसर्थ सरकारले व्यापार गर्ने हो तर यसरी झुक्यार होइन ।
एनसेलले गरेप िएनटिसीले गरे पनि यि लुटाहा रणनीति हुन् नगर्दा राम्रो ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: