मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
सप्तरीमा एकजना गर्भवतीको मृत्यु: कोरोनासँग मिल्दो लक्षण: स्वाब लिइयाे   * थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

कोरोना कहरः विपन्न तथा मजदूरलाई खाना खुवाउँदै नगरपालिका

१७-चैत्र-२०७६ | ०५:३०:०६ am

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) कारण बागलुङ जिल्ला सदरमुकाममा बसोबास गर्ने विपन्न तथा मजदूरहरुलाई आजदेखि दिवा खाना खुवाउन शुरु गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सरकारले मङ्गलबारदेखि लक डाउन गर्दा रोजीरोटी गुमेका विपन्न परिवारलाई दिवा खाना खुवाउन थालिएको नगरपालिकाले जनाएको छ । बागलुङ नगरपालिकाको आर्थिक सहयोगमा बानपा–४ कुडुँले स्थित शालिग्राम सङ्ग्रहालय तथा तिरुपति बालाजीधाम मुक्तिनाथ वेद विद्याश्रमको संयोजनमा धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा खाना खुवाउन थालिएको हो ।

जिल्ला सदरमुकाममा बसेर ज्याला मजदूरी गर्ने श्रमिक, गरिब, विपन्नका लागि सञ्चालन गरिएको मेसबाट पहिलो दिन ६८ जनालाई खुवाइएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए। नगरपालिकाका अनुसार बजारमा सञ्चालित मानव सेवा आश्रमका ४० जना, अन्य इट्टा तथा उद्योगमा कार्यरत मजदूरलाई समेत खाना पठाइएको छ ।

मेस सञ्चालनका लागि नगरपालिकाले खाद्य सामग्रीको जोहो गरिदिएको छ भने मुक्तिनाथ वेद विद्याश्रमले खाना तयार गरेर वितरणको प्रवन्ध मिलाएको छ । भीडभाड नगरी खाना खुवाउने व्यवस्था गरिएको छ ।

मुलुकभरी भएको लक डाउनका कारण रोजीरोटी गुमेर विहानबेलुका हातमुख जोर्न समस्या भएकालाई दिवा खाना खुवाइएको नगरप्रमुख पौडेलको भनाइ छ ।

नगरपालिकाले लक डाउनका कारण मजदूरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई राहत उपलव्ध गराउनका लागि वडास्तरबाट लगत सङ्कलनको काम समेत अघि बढाएको छ ।

नगरपालिकाले कोरोना भाइरसको रोकथामका लागि १५ लाखको राहत कोषसहित नगर क्षेत्रमा कोरोना रोकथामका लागि किटनाशक औषधि छर्ने कार्य समेत गरिरहेको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: