मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   * बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने   * कर्णाली प्रदेशमा कोराना संक्रमणकाे गति तीब्र   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

विदेशबाट आएकाको घरमा रातो झण्डा गाउँपालिकाले राख्ने

१७-चैत्र-२०७६ | ०५:०६:३१ am

गुल्मी-गुल्मीदरबार  गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ। प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो।

भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिए। ‘झण्डा राखिएको घर कोही पनि नजाने र गाउँपालिकाको समूह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘यसबाट अन्य तथ्याङ्क सङ्कलनमा पनि सहज हुनेछ।’

गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ। गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्वयम्सेविका रहेका छन्। अबको एक हप्ता उनीहरुलाई खाजाको व्यवस्था गरेर परिचालित गरिनेछ । अब स्वास्थ्य स्वयम्सेविकाले वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउने तथा वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: