मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
सप्तरीमा एकजना गर्भवतीको मृत्यु: कोरोनासँग मिल्दो लक्षण: स्वाब लिइयाे   * थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

न्यूयोर्कमा मात्रै कम्तिमा २ सय नेपालीलाई कोरोना भएको आशंका, दुईजना भेन्टिलेटरमा

१६-चैत्र-२०७६ | ०८:५५:५९ pm

वाशिङटन-अमेरिकाको प्रमुख शहर न्यूयोर्कमा मात्रै करीब २ सय र न्यूजर्सी शहरमा २० जना जति नेपालीहरुलाई कोरोना भाइरस संक्रमण हुन् सक्ने आशंका स्थानीय सामाजिक संघ संस्थाहरुको अनुमान गरेका छन् । जस अनुसार न्यूयोर्कको एउटा अस्पतालमा ११ जना, अर्कोमा १२ जना र अर्कोमा ७ जना गरी कम्तिमा २०० जना नेपाली कोभिड-१९ बाट संक्रमित अर्थात् पोजिटिभ भै अस्पताल भर्ना भएको बुझिएको छ ।

न्यूयोर्कका समाजसेवी जीवन बम र चर्चित फोटो र भिडियोग्राफर शम्भु मोक्तानले छुट्टाछुट्टै रुपमा आफूहरुलाई कोरोना भाइरस संक्रमित भएको कुरा सार्वजनिक हितको लागि जानकारी गराउनु भएको छ ।

शम्भू मोक्तानको स्वास्थ्यमा क्रमिक सुधार भै रहेको बुझिएको छ भने दुई जना भेन्टिलेटरमा हुनु हुन्छ । शम्भु मोक्तान जुइस अस्पतालमा र जीवन बम माउन्ट सनाई अस्पताल न्यूयोर्कमा हुनु हुन्छ ।

चिकित्सकहरुको भनाई अनुसार कोभिड-१९ लागेका ९०-९५ प्रतिशत मानिसलाई निको हुन्छ त्यसैले डराउने भन्दा पनि आत्मबल बढाएर चिकित्सकको सल्लाह अनुसार सतर्कता अपनाउन जरुरी छ ।

नाम नबताउने ३० जना नेपाली एल्मष्ट, माउन्ट सनाई र जुइस गरी ३ अस्पतालहरुमा भएको बुझिएको छ । न्यूयोर्कमा ज्वरो नाप्ने थर्मोमिटर ,स्यानिटाइजर र आईसोलेसनमा बस्ने स्थानको कमि भएको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: