सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

मन्त्री भन्छन् सवै काम सरकारले गर्छ तपाँईहरु धर्मग्रन्थ पढेर थुपुक्क बस्नुहोस

१४-चैत्र-२०७६ | ११:१३:४४ am

 

नेपाल लगायत अहिले अर्ति उपदेश दिनेको भिड नै बढेको छ यसैमा थपिएका छन् सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर ।
उनी भन्छन् सरकारले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सबै प्रवन्ध मिलाएको छ तपाईहरु यानी जनता ढुक्क भएर बस्नुहोस ।

जन जीवन रक्षाका लागि सरकारले लकडाउन गरेकाले त्यसको भने पूर्ण पालना गर्न उनले आग्रह गरे ।

‘सामान्य हेलचेक्राइँले विपद् आउनसक्न सक्छ । त्यसैले सतर्क रहनु उत्तम उपय हो,’ मन्त्री मानन्धरले भने, ‘सरकारको तर्फबाट आवश्यक प्रबन्ध मिलाइएकाले आत्तिनुपर्ने अवस्था छैन ।’

उनका अनुसार अब जनताको काम
बेद, पुराण, रामायण, महाभारतलगायतका हिन्दु ग्रन्थहरुमा व्याख्या गरिएका विषय वर्तमान अवस्थामा जीवनोपयोगी देखिएकोले आ आफ्ना धर्मग्रन्थ पढेर बस्नुहोस ।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकामा क्वारेन्टाइनका लागि तयार गरिएका स्थलहरूको अभाव हुने अवस्था आए तत्काल नयाँ क्वारेन्टाइन स्थल निर्माणका लागि सहरी विकास मन्त्रालय तयारी अवस्थामा रहेको पनि बताए ।

मन्त्री मानन्धरले काठमाडौं महानगरले किटनाशक औषधि छर्कने काम थालेको बताउँदै भित्री सहरमा पनि उक्त व्यवस्था मिलाइने जानकारी दिए । मन्त्री मानन्धरले आ–आफ्नो नगरपालिका र वडा कार्यालयमा क्वारेन्टाइन निर्माण र व्यवस्थापनलाई तीव्र पार्न देशभरका नगरपालिकाहरुलाई आग्रह समेत गरेका छन् । ठूला नदीका किनारका फराकिला स्थान र बजारहरुका खाली स्थानलाई पनि थप क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने मन्त्री मानन्धरको तर्क छ ।

समय अभावका कारण अध्ययन गर्न नपाएकाहरुलाई मन्त्री मानन्धरले धार्मीक ग्रन्थहरु र ज्ञानवर्दक पुस्तक अध्ययन गर्न आग्रह समेत गरेका छन् । बेद, पुराण, रामायण, महाभारतलगायतका हिन्दु ग्रन्थहरुमा व्याख्या गरिएका विषय वर्तमान अवस्थामा जीवनोपयोगी देखिएको भन्दै मन्त्री मानन्धरले घरमा बसेका नेपाली युवालाई ती पुस्तक अध्ययन गर्न सुझाए । उनले त्रिपिटक, कुरान, बाइबललगायत विभिन्न धर्म ग्रन्थहरु समेत अध्ययन गर्न सुझाव दिए ।
यसरी अहिले कसैको काम छैन धर्मशास्त्र पढ्ने कामले रोग लाग्दैन भन्ने कुरा उठान गरेका छन् ।

सम्बन्धित समाचार
  • %d bloggers like this: