सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

कोरोनाले पहिलो पटक विज्ञापन घटेपछि जन जिम्मेमेवारीबाट भाग्दै कान्तीपुर

१४-चैत्र-२०७६ | १०:२२:२७ am

 

नोभल कोरोना भाइरसको जोखिम बढ्दै गएपछि कान्तिपुर मिडिया ग्रुपले आफ्ना सबै पत्रिकाको प्रकाशन तत्कालका लागि लागि बन्द गरेको छ।

कोरोना भाइरस विश्‍वका १९५ देशमा पुगिसकेको अवस्थामा कान्तिपुरले तत्कालका लागि आफ्ना सबै प्रिन्ट संस्करण शुक्रबारदेखि बन्द गर्ने निर्णय लिएको हो।

आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौुं, कान्तिपुर मिडियाको तर्फबाट अध्यक्ष एवम् प्रबन्ध निर्देशक कैलाश सिरोहियाले विशेष प्रकाशकीयमार्फत भनेका छन्, जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन्।

२०४९ सालमा स्थापना भएदेखि कान्तिपुरले निरन्तर प्रकाशन गर्दै आएको थियो। कान्तिपुर मिडियाका अध्यक्ष एवं प्रवन्ध निर्देशक कैलाश सिरोहियाले विशेष प्रकाशकियमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन्।
कान्तिपुर मिडियाको यो कदमसँगै मिडिया हाउस पनि छापा प्रकाशन रोकेर अनलाइन संस्करण मात्रै चलाउने तयारीमा लागेका छन्। कान्तिपुरले कोरोनाको त्राससँगै आफ्ना दैनिक प्रकाशनलाई ८ पृष्ठमा झारेको थियो।

तर्क तार्किक नै पेश गरे पनि कान्तिपुरले आफ्नो जिम्मेवारीबाट भागेको छ । जवकी कान्तिपुरले आजसम्ममा अरवौ रकमकमाएको छ भने । ८ पेज भएपनि प्रकाशन गर्नु पर्ने थियो । नेपालका लागि कान्तीपुर आवश्यक होइन कान्तिपुरका लागि नेपाल आवश्यक हो । यो कुरा हरेक व्यक्ति, संस्था वा प्रकाशनमा लागु हुन्छ । कोही केही नभएपनि संसार त चल्छ तर यसरी नभागेको भए हुन्थ्यो ।

सम्बन्धित समाचार
  • %d bloggers like this: