सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

दक्षिण एसियामा काेराेनाकाे इपिसेन्टर बन्दै भारत र पाकिस्तान

१४-चैत्र-२०७६ | ०९:१४:४९ am

काठमाडौं:कोरोना संक्रमणका कारण दक्षिण एसियाली मुलुकहरूमा हालसम्म ३८ जनाले ज्यान गुमाउनुपरेको छ ।

एकैदिन ८ जनाको मृत्यु भएपछि भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या सबैभन्दा बढी अर्थात २० पुगेको छ ।

त्यहाँ अहिलेसम्‍म ७२७ जनामा संक्रमण देखिएको छ । यस्तै, पाकिस्तानमा ९ जनाको ज्यान गएको छ भने दक्षिण एसियाली मुलुकहरूमध्येमै सबैभन्दा धेरे संक्रमित भेटिएका छन्‌ ।

पाकिस्तानमा कोरोनाबाट अहिलेसम्म १२०१ जना संक्रमित भएका छन्‌ ।

बंगलादेश मानवीय क्षतिको संख्या गणनाका हिसाबले तेस्रो स्थानमा छ ।

त्यहाँ कोरोना संक्रमित पाँच जनाको ज्यान गएको छ भने ४४ जना संक्रमित भेटिएका छन्‌ ।

अफगानिस्तानमा संक्रमणका कारण चार जनाले ज्यान गुमाएका छन्‌ भने ९४ जना संक्रमित भएका छन्‌ ।

श्रीलङ्का, माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मानवीय हताहती भएको छैन ।

अहिलेसम्म श्रीलङ्कामा १०६, माल्दिभ्समा १३, नेपालमा तीन र भुटानमा दुई जना संक्रमित भेटिएका छन्‌ ।

भारतमा अहिलेसम्म भेटिएका कोरोना संक्रमितमध्ये ४५ जनाको उपचार भइसकेको छ ।

पाकिस्तानमा २१, बंगलादेशमा ११, अफगानिस्तानमा दुई, श्रीलङ्कामा सात, माल्दिभ्समा आठ जनाको उपचार भइसकेको छ ।

नेपालमा हालसम्म भेटिएका तीन संक्रमितमध्ये एकजनाको उपचार भइसकेको छ भने दुई जना उपचाररत छन्‌ ।

भुटानमा भेटिएका दुवै संक्रमित अहिलेसम्म निको हुन सकेका छैनन्‌ । दक्षिण एसियाली मुलुकमा अहिलेसम्म कोरोनाबाट संक्रमितको संख्या २१९० पुगेको छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: