सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

प्रधानमन्त्री ओलीको शरीरमा असहज महसुस: अस्पताल भर्ना

१४-चैत्र-२०७६ | ०८:४९:२१ am

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

बिहीबार रातिदेखि प्रधानमन्त्रीको शरीरमा असहज महसुस भएकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको स्रोतले बताएको छ ।

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताएका थिए ।

२१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

सम्बन्धित समाचार
  • %d bloggers like this: