बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँले घटायाे डिजेल-पेट्रोलको मूल्य   * नेपाल आयल निगमले इन्धनको मूल्य घटायो   * लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

लकडाउन भएपनि बैंक तथा वित्तियसंस्था प्रत्येक दिन यति देखि सम्म खोल्नै पर्ने

१३-चैत्र-२०७६ | १२:४५:३९ pm

 

नेपाल अहिले कोरोना लकडाउनको दोश्रो दिनमा रहेको छ । आवश्यक बैंकिङ तथा वित्तीय संस्थाहरु आजदेखि आंशिक रुपमा खुल्ने भएका छन्।
कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको निर्देशनपछि आज बैंकहरु नगद कारोबारका लागि आंशिक रुपमा खुल्न लागेका हुन्। नेपाल बैंकर एशोसियसनका अनुसार बैंकका सिमित शाखाहरुमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्रै कारोबार हुनेछ।

उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले हिजो अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सूचारु गर्न निर्देशन दिएको थियो। बैंकहरु बन्द हुँदा नागरिकहरुलाई नगदको समस्या पर्न थालेपछि नेपाल राष्ट्र बैंकलेसमेत बैंकहरुलाई नगद अभाव हुन नदिने प्रबन्ध मिलाउन निर्देशन दिएको थियो। राष्ट्र बैंकले सकेसम्म विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढी प्राथमिकतामा राख्न निर्देशन दिएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुद्वारा सञ्चालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। राष्ट्र बैंकले प्रदेश तथा स्थानीय तहहरुमा स्थानीय प्रशासनसँगको समन्वयमा बैंकको अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। बैंकहरुले उच्चस्तरीय समिति र राष्ट्र बैंकको निर्देशन अनुसार आजदेखि आंशिक रुपमा सञ्चालन गर्न लागेका हुन्।

सम्बन्धित समाचार