बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँले घटायाे डिजेल-पेट्रोलको मूल्य   * नेपाल आयल निगमले इन्धनको मूल्य घटायो   * लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

चिनियाँ कम्पनीले नेपाललाई दियो २ हजार कोरोना भाइरस परीक्षण किट उपहार

१३-चैत्र-२०७६ | ०८:२७:११ am

काठमाडौं । चीनको बिइजिङ मल्टिपल ट्रेड एण्ड कमर्स ब्युरोले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने किट नेपाल सरकारलाई उपलब्ध गराएको छ ।

ब्युरोले कोरोना भाइरसविरुद्ध लड्न बेइजिङस्थित नेपाली दूतावासमार्फत बुधबार २ हजार किट हस्तान्तरण गरेको हो ।

व्युरोको तर्फबाट काठमाडौंमा काम गर्ने इन्टरनेसनले इन्भेस्टमेन्ट एण्ड कोअपरेसन कन्सल्टिङ सर्भिस कम्पनी प्राइभेट लिमिटेडले किट अभावमा कोरोनाको पर्याप्त परीक्षण हुन नसकेकोतर्फ ध्यान दिँदै किट उपलब्ध गराइएको जनाएको छ ।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार, उपहारस्वरूप प्राप्त किट बिहीबार तिब्बत पुर्याइने छ । त्यहाँबाट भने स्थलमार्ग हुँदै काठमाडौं ल्याउने तयारी छ ।

सरकारलाई उपहारस्वरूप उपलब्ध गराइएको किट ३० हजार अमेरिकी डलर मूल्यबराबर रहेको र यसले २ हजार मानिसको स्वास्थ्य परीक्षण गर्न सकिने एपीडी न्युजले जनाएको छ ।

किट अभावपछि टेकुस्थित राष्ट्रिय प्रयोगशालाले जनवरीदेखि हालसम्म ६८७ नमूना मात्र परीक्षण गर्न सकेको छ ।

यसमध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितमध्ये १ जना स्वास्थ्यलाभ गरेर घर फर्किसकेका छन् भने २ को उपचार भइरहेको छ ।

सम्बन्धित समाचार