बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   * कोराना नियन्त्रणका लागि सबैभन्दा ठूलो योगदान   * कोरोना महामारी फैलिए उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

आज अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने

१३-चैत्र-२०७६ | ०७:४७:२६ am

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले केही क्षेत्रको मौसम आंशिक बदली भएको छ।

अहिले देशको पश्चिमी भू–भागमा आंशिक बदली रहेको मौसमविदले बताएका छन् । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो देशको पश्चिमी भू–भाग लगायत मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफादेखि आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

बिहीबार राति देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

पश्चिमका थोरै स्थान र पूर्वका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार