बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   * कोराना नियन्त्रणका लागि सबैभन्दा ठूलो योगदान   * कोरोना महामारी फैलिए उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय: चीनको भन्दा धेरै मृत्यु स्पेनमा

१३-चैत्र-२०७६ | ०७:१६:०३ am

काठमाडौं । गत २४ घण्टामा विश्वभर २ हजार २ सय ९७ जना मृतक थपिएका छन् । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ ।

सबैभन्दा बढी इटालीमा ६ सय ८३ र स्पेनमा ६५६ जनाको मृत्यु भएको छ । फ्रान्समा २३१ र अमेरिकामा १५६ जनाको मृत्यु थपिएको छ ।

कोरोना भाइरसको उदगम देश चीनमा भने ६ जना नयाँ मृतक थपिएका छन् ।

यो सँगै चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ८७ पुगेको छ । चीनमा सबैभन्दा धेरै ८१ हजार २ सय ८५ जना संक्रमित छन् ।

स्पेनमा मृतकको संख्या आश्चर्यजनकरुपमा बढेको छ । स्पेन धेरै मृत्यु हुने देशहरुको सूचीमा दोस्रो स्थानमा छ ।

स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ । यो चीनको भन्दा ३ सय ६० ले बढी हो ।

सबैभन्दा धेरै मानिसको मृत्यु भएको देशको सूचीमा भने इटली छ । इटलीमा ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । ५ हजार २ सय १० जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा १० हजार ९ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने ९ सय ३५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार