बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   * कोराना नियन्त्रणका लागि सबैभन्दा ठूलो योगदान   * कोरोना महामारी फैलिए उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने   * खाद्य उद्योग सारस फुडमाआगलागी, करिव २ करोडको क्षति   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

स्पेनमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने चीनमा भन्दा धेरै ,एकै दिन ७ सय ३८ जना मृत्यु

१३-चैत्र-२०७६ | ०४:१५:३३ am

कोरोना भाइरसको संक्रमणका कारण युरोपिएन मुलुक स्पेनमा ज्यान गुमाउनेको संख्या चीनलाई उछिनेर ३४४५ जना पुगेको छ।

बुधबार एकै दिन स्पेनमा थप ७ सय ३८ जनाको मृत्यु भएपछि स्पेनमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या यो भाइरसको सुरुवात भएको चीनमा भन्दा धेरै हुन पुगेको हो।

चीनमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ सय ८१ रहेको छ। चीनमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तथा यसका कारण हुने मृत्यु लगभग नियन्त्रणमा आएको छ।

तर युरोपको इटाली, स्पेनसहितका देश तथा अमेरिकामा यसको संक्रमण तीव्र गतिमा फैलिएको छ। त्यस्तै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेर अर्का युरोपिएन मुलुक इटाली पहिलो धेरै मृत्यु हुने देश हुन पुगेको र सूचीमा स्पेन दोस्रो स्थानमा पुगेको छ।

सम्बन्धित समाचार