बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँले घटायाे डिजेल-पेट्रोलको मूल्य   * नेपाल आयल निगमले इन्धनको मूल्य घटायो   * लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

भारतबाट फर्किएका १५ जना बर्दगोरीया गाउपालिकाको क्वारेन्टाइनमा

१२-चैत्र-२०७६ | ०६:५५:२० pm

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले भारतका विभिन्न जिल्लाबाट काम गरेर फर्केका बर्दगोरीयाका बासिन्दालाई क्वारेन्टाइनमा राखेको छ । टीकापुरको खक्रौला नाका भएर नेपाल आएका बर्दगोरीयाका नागरीकलाई गाउँपालिकाले मंगलबार राती क्वारेन्टाइनमा राखेको हो ।

सीमा नाकाबाट नेपाल प्रवेश गरेका १५ जनालाई गाउँपालिकाले महुन्याल मावि बाँसकोटीको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखेको छ । अन्य ओहोरदोहोर गर्ने स्थानीय नागरिकलाई शंकास्पद देखिए निगरानीमा राखेर बौनिया स्थित नागरिक सहायता कक्ष स्थापना गरि चेकजाँच गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले जानकारी दिए ।

भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनको निर्णय पालना गरी सहयोग गर्न पनि स्थानिय सरकारले आग्रह गरेको छ। क्वारेन्टाइनमा राखिएकाहरुलाई १४ दिनसम्म दैनिक आफ्नो तापक्रम मापन गर्नका लागि थर्मोमिटर प्रदान गरिएको छ भने आवश्यक परामर्शसमेत दिइएको छ।

क्वारेन्टाइनमा राखिएका सबैको खाने, बस्ने व्यवस्था गाउँपालिकाले गरेको छ । कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेको भन्दै स्वास्थ्यकर्मीबाट ‘हेल्प डेस्क’ मा स्थानीय र विदेशबाट नेपाल आएका नागरिकमा कोरोना भाइरस छ कि छैन भनेर ज्वरो, रुघा र खोकीको चेकजाँच गरिनेछ ।

कोरोना भाइरसको जोखिमको संत्रास बढीरहेकोे विषम परिस्थितिमा क्वारेन्टाइनमा राखिने नागरिककलाई खान, बस्नका लागि खाद्यान्न र ओढ्ने कपडाको समस्यापर्ने भन्दै आवश्यक सहयोगका लागि अन्य संघसंस्थाबाट पनि अपेक्षा गरिएको जनाइएको छ । -लोक देउबा

सम्बन्धित समाचार