बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँले घटायाे डिजेल-पेट्रोलको मूल्य   * नेपाल आयल निगमले इन्धनको मूल्य घटायो   * लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

वुहानमा दुई महिना लामो लक डाउनपछि सार्वजनिक बस चल्न थाले

१२-चैत्र-२०७६ | ०५:५६:४९ pm

कोरोना भाइरसको उदगम थलो चीनको हुबेई प्रान्तको राजधानी वुहानमा दुई महिना लामो लक डाउनपछि बुधबारदेखि सार्वजनिक बस चल्न थालेका छन्।

समाचार संस्था सिन्ह्वाका अनुसार ११७ रूटमा बस सञ्चालनमा आएका हुन्। बस चलाउनका लागि स्वास्थ्य सुरक्षाका लागि हरेक बसमा ड्राइभरसँगै सुरक्षा निरीक्षकसमेत राखिएको छ।

ती निरीक्षकले यात्रुको मोबाइल फोनबाट क्युआर कोड चेक गरी स्वास्थ्य अवस्था हेर्छन्। क्युआर कोड नभएकाहरूले यात्रा गर्न स्वास्थ्य प्रमाणपत्र देखाउनु पर्छ। त्यस्तै चालक तथा निरीक्षकले दैनिक आफ्नो तापक्रम नाप्नु पर्ने, मास्क तथा पञ्जा लगाउन अनिवार्य गरिएको छ।

यात्रुहरूले पनि मास्क अनिवार्य लगाउन पुर्ने र एक(अर्कासँग टाढै बस्न पर्ने नियम लागू गरेको हो। वुहानको एक समुद्री परिकार र बन्यजन्तुको बजारबाट गत डिसेम्बरमा कोरोना भाइरस फैलिएको थियो।

रहस्यमयी भाइरसबाट मानिसहरू धमाधम मर्न थालेपछि चीन सरकारले जनवरी २३ देखि वुहान सहरलाई पूर्ण रूपमा लक डाउन गरिदिएको छ। वुहानबाट फैलिएको कोभिड-१९ अहिले विश्वमहामारी बनेको छ। एजेन्सी

सम्बन्धित समाचार