बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँले घटायाे डिजेल-पेट्रोलको मूल्य   * नेपाल आयल निगमले इन्धनको मूल्य घटायो   * लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

नेपाली कम्पनीबाट आयो सुखद खबर, यस्तै एक जुट हौं कोरोना भाग्छ

१२-चैत्र-२०७६ | ०९:४३:५५ am

 

धापासीमा रहेको चर्चित औषधि बनाउने कम्पनी देउराली जनता फर्मास्युटिकल्सले कोभिड १९ को उपचारमा प्रयोग हुने ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’सरकारलाई सित्तैमा दिने ऐलान गरेको ।

फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले यसबारेमा जानकारी दिएका छन्।

फर्मास्युटिकल्सले यसबारेमा मंगलबार एउटा प्रेस वक्तव्य नै निकालेको छ। ‘विश्वभरि कोभिड१९ को उपचारमा एकमात्रै औषधिका रूपमा ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’प्रयोग गर्न सकिने विभिन्न शोधहरूबाट पुष्टि भएको छु, शर्माले भनेका छन्, ुभारतले यो ट्याब्लेटलाई प्रयोगमा ल्याउने निर्णय गरिसकेको छ।’

उनले राष्ट्र र जनताप्रतिको दायित्व सम्झिएर यस्तो कदम चालिएको दाबी गरेका छन्। ‘राष्ट्रप्रतिको जिम्मेवारी ठानेर हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट, हाइक्विन २०० ट्याबलेट उत्पादन गरी सरकारलाई निशुल्क दिने निर्णय लिएका हौँ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा तत्कालै ४ लाख हाइक्विन २०० ट्याबलेट उत्पादन गरेर सरकारलाई उपलब्ध गराउने जनाएको छ। यतिका संख्याको ट्याब्लेट कोरोना भाइरसका १५ हजारजना बिमारीको उपचारका लागि पुग्ने कम्पनीले दाबी गरेको छ देउराली जनताका अनुसार यतिका संख्याको ट्याब्लेटको बजार मूल्य ४८ लाख रुपैयाँ बराबर हुन आउँछ।

कोभिड१९ को उपचारमा यो औषधि प्रभावकारी भएमा महामारीका बेला यस्ता औषधिको उत्पादनमा सरकारसँग सहकार्य गर्ने दाबी पनि शर्माले गरेका छन्। शर्माका अनुसार हाल देउराली जनताले नेपालमा दुई सय १० प्रकारका विभिन्‍न औषधिहरू उत्पादन गर्दै आएको छ। देउराली जनता नेपालको शीर्ष औषधि कम्पनीमध्ये एक हो।
यो मुल्यलाई भन्दा औषधीको गरिमा ठूलो हुने छ ।

सम्बन्धित समाचार