बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँले घटायाे डिजेल-पेट्रोलको मूल्य   * नेपाल आयल निगमले इन्धनको मूल्य घटायो   * लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

बुधबारदेखि बैंकका केही शाखामार्फत सेवा लिन सकिनेबारे तयारी

११-चैत्र-२०७६ | ०६:४५:४६ pm

कोरोना भाइरसको सन्त्रास र नेपालमा लकडाउन भइरहेका बेला बैंकहरु सबै बन्द भएका छन् । मानिसहरुलाई पैसाको जरुरत परेभने कहाँबाट पैसा पाउने कुन ठाउँबाट पैसाको जोहो गर्ने भन्ने आमचासो छ। बैंकहरूले निश्चित समयमा सीमित शाखा खोलेर सेवा दिन सक्ने राष्ट्र बैंक नियमन विभागका प्रमुख देवकुमार ढकालले बताएका छन्।

‘बैंक सञ्चालन र आवतजावतका लागि सम्वद्ध जिल्ला प्रशासन कार्यालय वा स्थानीय निकायबाट स्वीकृति लिनुपर्नेछ, भीड नहुनेगरी केही शाखा खोलेर सेवा दिन सक्नेछन्,’ उनले भने। एउटा ठाउँमा एउटा बैंकले सेवा दिनेगरी बैंकहरूले नै व्यवस्थापन गर्न सक्ने उनले बताए।

भोलीबाट बाणिज्य बैंकले सिमित शाखा खोलेर सेवा दिनेबारे छलफल भइरहेको छ । ‘सबै एटिएममा भरपूर रकम राख्न निर्देशन दिइएको छ’ उनले भने। यस्तो अवस्थामा सर्वसाधारणलाई आवश्यक रकम एटिएमबाटै झिक्न उनले आग्रह गरे।

बैंकहरूले पनि सीमित शाखाहरू निश्चित अवधिका लागि मात्रै व्यवस्थित रूपमा संचालन गर्न सकिने बताएका छन्। यद्यपी आज मंगलबारभने बैंकका शाखा बन्द छन्। कुन बैंकका कुन कुन शाखा खोल्ने भन्ने सम्वन्धमा अहिले निर्णय भइसकेको छैन।

सम्बन्धित समाचार