मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   * बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने   * कर्णाली प्रदेशमा कोराना संक्रमणकाे गति तीब्र   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

लकडाउनको कारण पुर्नबीमा कम्पनीको आइपिओ बाँडफाँड १४ गते के होला

११-चैत्र-२०७६ | ०६:३९:३० pm

 

नेपाल पुनर्बीमा कम्पनीले बिक्री बन्द भएको एक हप्ता भित्र शेयर बाँडफाँड गर्ने बताइ रहदा देश एक्कासी लक डाउनमा गएकोले चैत्र १४ गते निर्धारित समयमा बाँडफाँड हुने नहुनेमा अन्योल सृजना भएको छ । यद्यपी यस अघि विक्री बन्द भएको एक साताभित्र बाँडफाँड गर्ने तयारी कम्पनीले गरेको थियो ।

कम्पनीको आईपीओ विक्रीको अन्तिम दिन शुक्रबार ४ बजेसम्ममा ५ करोड ४७ लाख ४९ हजार ४९० कित्ताको लागि आवेदन परेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको कुल १ करोड ५१ लाख २६ हजार ५०० कित्ताका लागि ४ लाख १ हजार ५३९ जनाले आबेदन दिएको विक्री प्रबन्धक आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेडले बताएको छ ।

उक्त अवधिसम्म बैंकमार्फत आबेदन दिएकाहरुको विवरण अझै आउन बाँकी रहेकाले रकम र संख्या अझै बढन सक्ने विक्री प्रबन्धकले बताएको छ ।धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले मागभन्दा बढी आवेदन परेकाले छिटो अवधिभित्रै विक्री बन्द गर्नु परेको हो ।

कम्पनीले चैत ४ गतेदेखि छिटोमा चैत ७ र ढिलोमा चैत १८ गतेसम्मका आईपीओ विक्रीमा ल्याएको थियो । कुल कित्तामध्ये ३ हजार ५०० कित्ता कर्मचारीको लागि र ८ लाख कित्ता सामुहिक लगानी कोषको लागि यसअघि नै सुरक्षित गरिसकिएको छ ।

उक्त आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष बलियो रहेको ग्रेड २ रेटिङ प्रदान गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू.८ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासनपछि पूँजी रू.१० अर्ब पुग्नेछ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१४९ दशमलव ५६ रहेको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: