सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

एउटै सिटमा बसेकी साथीबाट सरेको खबरले टेकु कोराना पिडीत अनुसन्धानकी पात्र बन्न सक्छिन्

१०-चैत्र-२०७६ | ०४:२२:२९ pm

 

४ गते फ्रान्सबाट नेपाल आएकी जुन युवति टेकुमा छन् । उनी फ्रा्रन्सबाट कतार अउँदा भियतनामकी की साथिसंग जहाजमा संगै बसेकी थिइन । उनलाई त्यो सहयात्रिबाट सरेको रहेछ । किनाकी उनी काठमाण्डौ आउँदा सञ्चै थिइन ।

ज्वरो आइ सकेको थिएन ।
उनलाई क्वारेन्टाइनमा राखेको भए सवैकुरा आइसोलेनमै सकिने थियो तर उनी घर गइन १ । २ दिनपछि भियतनामकी साथीको फेसबुकमा साथीलाई कोरोना पोजेटिव देखिएपछि उनी टेकु जचाउन गएकी रहिछन् ।

अव सिटमा उनले केके गरिन् हावाबाट त सर्दैन । जहाजमा २०५ यात्रि थिए । अरुको अवस्था के छ । वास्तवमा सरकारले गलत गर्यो ।

फ्रान्सबाट कतारको दोहा ट्रान्जिट भएर काठमाडौं आइपुगेकी उनको विमानस्थलको हेल्थ डेस्कमा ज्वरो नापियो । तर १००.४ डिग्री भन्दा माथि ज्वरो नभएपछि उनी घर पुगिन् ।

घर आएको दुई दिनपछि बिहीबार उनलाई अप्रत्याशित खबर आयो, ‘फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामकी साथीलाई कोरोना संक्रमण पुष्टि भयो ।’

साथीलाई कोरोना संक्रमण भएको खबरले उनी डराइन् । लगत्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा सम्पर्क गरिन् र भोलिपल्ट शुक्रबार अस्पताल पुगिन् ।

अस्पताल पुग्दा उनलाई रुघाखोकी र ज्वरो आएको थियो । चिकित्सकले उनलाई अस्पतालको आइसोलेटेड बेडमा बस्न आग्रह गरे, तर स्वाबको नमुना दिएर घर फर्किइन् ।

आइतबार राति रिपोर्ट आयो, पोजेटिभ ।

भियतनामको साथीलाई जस्तै उनलाई पनि कोरोना भाइरसको संक्रमण भएको रहेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला, टेकुले स्वास्थ्य मन्त्रालय र टेकु अस्पताललाई उनी कोरोना संक्रमित भएको जानकारी गराउँदा रातको साढे १० बजेको थियो ।

लगत्तै अस्पतालले उनलाई सम्पर्क गर्‍यो, र अस्पताल भर्ना गरेर उनलाई अहिले आइसोलेसन वार्डमा राखियो ।
विदेशबाट आउनेलाई क्वारेन्टाइनमा नराख्ने गल्तीले गर्दा पुरै देश चपेटामा पर्न सक्छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: