सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

सर्वोच्चको आदेश र बर्णन मिडियाको सुझाव नमान्दा नेपालमा कोरोना भित्रियाे

१०-चैत्र-२०७६ | ०२:३७:३३ pm

 

चैत्र  ४ गते विदेशबाट आएको यात्रिलाई १४ दिन क्वारेन्टाइनमा नराख्दा नेपालमा कोरोना भित्रियो । जव विदेशबाट आउने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने भन्ने नियम बनेको थियाे  भने किन त्यसको वेवास्ता गरियो । फागुन ११ गते चीनवाट नेपाल ल्याइएका  सयाैजनालाई क्वारेन्टाइन राख्नु पर्छ भने । त्यसपछिका लाई किन राखिएन ।

काठमाडौंको टेकु अस्पतालमा कोरोना जाँचका क्रममा कोरोना पोजेटिभ भएको विरामी भेटिएको स्वास्थ्य मन्त्रालयले अहिले भनेको छ । जवकी उक्त बिमारीलाई एयरपोर्ट मै चेक गरेर अलग ठाउँमा राख्नु पर्ने थियो । यहाँ नेर सरकारको तर्फबाट चुक भएकै हो । जबकि सर्वोच्च अदालत फागुन १९ गते अन्तराष्र्टिय उडान रोक्ने अन्तरिम आदेश दिएको हो । साेही दिन बिहान बर्णन मिडियाले पनि एयरपाेर्ट बन्द गराै‌ भनी समाचार लेखेकाे थियाे ।

१९ वर्ष उमेर भएकी युवती हुन् । फ्रान्स पढन गएकी युवतीमा कोरोनो भाइरस देखियो । अहिले उनको परिवारलाई पनि क्वारेन्टाइनमा राखेको जानकारी सरकारले दिएको छ । अझै सम्म उनको परिचय खुलाईको छैन अर्को गल्ती भयो । कम से त्यो संक्रमितसंग भेट गरेका अरु सवैले आफ्नो चेक अप गराउने मौका पाउने थिए । लुकाउन पर्ने के छ । राेग लाग्याे तर उनका साथी, भेटघाट गर्ने छिमेकी सबैलाई चेक अप गर्नका लागि माैका दिन पनि उनकाे नाम जानकारी दिइनु पर्छ ।

चैत ४ गते कतार एयरवेजयको उडानबाट उनी काठमाडौंमा अवतरण गरेकी हुन् ।जबकी  अदालतले फागुन १९ गते नै  दिउँस  अन्तरिम आदेश दिएकाे हाे । १९ गते बिहान ९ बजे बर्णन मिडियाले अनुराेध गरेकाे हाे । बैदेशिक उडान राेकाै भनेर । मिडियाकाे सुभाव मात्र हाे तर अदालतकाे आदेश हाे ।

त्याे पनि ठिक छ तर सरकारले आफ्नै नियम उल्लंघन गर्दा आखिर त्यही भयाे जे नहुन पर्ने थियाे ।

जबकी अदालतले फागुन १९ गते यस्तो आदेश दिएको थियो । न्यायाधीश तेजबहादुर केसीको इजलासले कोरोना भाइरसको संक्रमणले भौगोलिक क्षेत्र विस्तार गरिरहेको र नेपालमा पनि यो संक्रमणको प्रवेशको सम्भावनालाई कुनै पनि अवस्थामा नजर अन्दाज नगर्न सरकारलाई आग्रह गरेको छ ।

सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको  हाे ।

अधिवक्ता पूर्ण राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न र त्यहाँका नागरिकलाई भिसा नदिन अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए । त्यसमा सुनुवाई गर्दै सर्वोच्चले चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि देशबाट सोझै र ट्रान्जिट भएर नेपाल आउने जहाज अवतरणमा रोक लगाउन आदेश दिएको हो ।

साथै ती देशका नागरिकको स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउन र शंकास्पद विदेशी र स्वदेशीलाई तत्काल आइसोलेसन र क्वारेन्टाइनमा राख्न पनि आदेश दिएको छ ।

‘‘कोरोना भाइरस कोभिड १९ को गम्भीर संक्रमण फैलिएका देशहरु चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि बाट सोझै र ट्रान्जिट भएर त्रिभुवन विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका अवस्था र परिस्थितिको गम्भीरताको सुक्ष्म मूल्यांकन गरी आम जनताको स्वास्थ्यसम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने र अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने र ती देशका नागरिकलाई स्वास्थ्य परीक्षण विना प्रवेशमा रोक लगाउनुका साथै शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्कालै आइसोलेसन र क्वारेन्टाइनमा राखी छुट्टै उपचारको व्यवस्था मिलाउने ‘।’

याे आदेश सरकारले समय मै दिएकाे हाे । साेही दिन बिहान बर्णन मिडियाले यस्ताे लेखेकाे थियाे ।

 

विश्व स्वास्थ संगठनले नेपाललाई कोभिड १९ बाट उच्च जोखिमा रहेको देश बताएको २ दिन पछि यो रोग बाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार नाघेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार हुबेईमा थप ४२ जनाको मृत्यु भएको जनाएको छ । योसँगै चीनमा यस रोगबाट ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९१२ पुगेको छ ।

चीनबाहिर ज्यान गुमाउनेको सङ्ख्या १ सय २९ रहेको छ । यसमा इरानमा ५४, इटालीमा ३४, दक्षिण कोरियामा २०, जापानमा १२, हङकङमा २ र फ्रान्समा २ जना रहेका छन् । फिलिपिन्स, ताइवान, अस्ट्रेलिया, थाइल्याण्ड र अमेरिकामा १–१ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य आयोगका अनुसार आइतबारसम्म चीनमा यस रोगबाट संक्रमितको सङ्ख्या ८० हजार २६ पुगेको छ भने विश्वभर यो सङ्ख्या ८८ हजार ४४३ पुगेको छ । चिनियाँ अधिकारीहरुका अनुसार ४४ हजार ४६२ जना सफल उपचारपछि घर फर्किएका छन् ।

पछिल्लो हप्ता युरोप र मध्यपूर्वमा यस रोगको संक्रमण फैलिएको छ । इरानमा पहिलोपटक फेब्रुअरी १९ मा यस रोगको संक्रमण देखिएकोमा फेब्रुअरी २२ मा पहिलो संक्रमितले ज्यान गुमाएका थिए । फेब्रुअरी २१ यता ३७ नयाँ देशमा यस रोगको संक्रमण देखिएका छन् । जसमा लेबनान, ओमान, इजरायल, अफगानिस्तान, ग्रिस, डेनमार्क, अस्ट्रिया, एस्टोनिया, रोमानिया, उत्तरी मेसोडेनिया, जर्जिया, पाकिस्तान, नर्वे, स्पेन, ब्राजिल, अल्जेरिया, स्वीटजरल्याण्ड, क्रोएसिया, बहराइन, कुवेत, इक्वेडर, लक्जमबर्ग, आइसल्याण्ड, मोनाको, नाइजेरिया, न्युजिल्याण्ड, नेदरल्याण्ड, उत्तरी आयरल्याण्ड, बेलारुस, लिथुयानिया, कतार, आयरल्याण्ड, अर्मेनिया, चेक रिपब्लिक, डोमिनिकन रिपब्लिक र सान मारिनो रहेका छन् ।

यो अवस्था लाई मध्ये नजर गरेर नेपालले पनि अब बाहिरबाट आउने हवाई उडान रोक्नु पर्ने देखिन्छ । किनकी यो रोग सर्नका लागि एक जना रोगी आएमा नेपाले थेग्न मुस्किल छ । हामी संग अहिले मेडिकेटेड मास्कको कमी छ । यदि केही भएमा हामीले मास्क समेत प्रयाप्त उपलब्ध गराउन सक्ने अवस्था हुँदैन ।
त्यसैले अव केही समयका लागि अन्तर्राष्ट्रिय उडान रोकिदिने बारेमा सरकारले सोचोस ।
आर्थिक घाटा पनि भै सकको छ । धेरै होटल अक्कु पेन्सीहरुरद्ध भै रहेकाछन त्यसैले अब केही समयका लागि अन्तर्राष्टि उडानहरु आउने जाने सबेै तत्कालका लागि रोकौ । कम्तिमा कोभिड १९ को भर पर्दो उपचार नआउँदा सम्मका लागि विद्यालाय पनि बन्द गर्नु परे पनि त्यो बारेमा सोच्नु पर्ने देखिन्छ ।
१५ दिनमात्र विद्यालय बन्द गरे पनि गर्मि शुरु हुन्छ । त्यसैले अब यस्ता निर्णय लिनबाट पछि हटन नहुने अवस्था आएको छ ।
कोरिया एउटा विरामीले ३०० जनालाई संक्रमित बनायो । एउटा पादरी स्वर्ग लैजाने भन्दै अर्कोलाइ मार्यो तसर्थ यो रोग सहि उपचार पत्ता नलाग्दा सम्म बच्न सकिने उपाय गरौं ।

 

याे हाम्राे पुरुषार्थ भनेकाे हाेइन तर काम समयमै सचेत भएर गर्नु राम्राे हुन्छ । विदेशबाट आएकालाई क्वारेन्टाइनमा नराख्नु गल्ति नै हाे ।

३७ देशमा कोरोना फैलियो, हामी उच्च जोखिमा छौ भने एयरपोर्ट बन्द गरौं

edia.com/81412

सम्बन्धित समाचार
  • %d bloggers like this: