शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

वसन्त चौधरीद्वारा कोरोना भाइरस संक्रमण रोकथाम कोषमा एक करोड सहयोग

१०-चैत्र-२०७६ | ११:३२:०१ am

वसन्त चौधरीले कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले बनाएको कोषमा एक करोड सहयोग गर्ने भएका छन् ।

चौधारीले उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको ट्वीटमा कमेन्ट गर्दै एक करोड रुपैयाँ सहयोग गर्ने बताएका हुन् ।
उनले नर्भिक अस्पतालबाट र वसन्त चौधरी फाउन्डेसनबाट सो सहयोग जनाएका छन् ।

जसमा ५० लाख नगद र ५० लाखबराबरका मेडिकल सामान उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनी नर्भिक अस्पतालका अध्यक्ष हुन् ।

उनको रिट्विटमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको करोना कोषमा नर्भिक र वसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोगस्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइजÞ उपलब्ध गराइने घोषणा गर्दछौँ ।’

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो । जसमा सरकारले ५० करोड राख्नेछ । अन्य संघ संस्थालाई पनि सहयोगका लागि आह्वान गरेको थियो ।

संसारभर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले पनि कदम चालेको छ । भारत र चीनसँगका नाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ ।

त्यस्तै, लामो दूरीका यातायात साधन चलाउन रोक लगाएको छ । २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्देशन जारी गरेको छ ।

सम्बन्धित समाचार
  • %d bloggers like this: