मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   * बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
गण्डकी प्रदेश

नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना , तीनजना यात्रुको घटनास्थलै मृत्यु

१०-चैत्र-२०७६ | ०५:१७:५९ am

दमौली, चैत ९ गते । पृथ्वीराजमार्गको तनहुँको आँबुखैरेनी गाउँपालिका–२ को ऐनापहरा भन्ने स्थानमा यात्रु लिईआइरहेको सार्बजनिक बस दुर्घटना हुँदा बसमा यात्रा गरिरहेका तीन जना यात्रुको घटनास्थलै मृत्यु भएको छ ।

पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ ६।३० बजे सडकबाट करिब एक सय मिटर तल मस्र्याङ्दी नदीमा खसी दुर्घटना भएको इलाका प्रहरी कार्यालय

आवुँखैरेनीका प्रमुख प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।
मृतक कसैको पनि सनाखत भएको छैन । दुर्घटनामा १७ जना यात्रु घाईते भएका छन । घाईते मध्ये दुई जनालाई थप उपचारका लागि पोखरा र दुई जनालाई चितवन मेडिकल कलेज भरतपुर पठाईएको छ भने बाँकीको छिम्केश्वरी अस्पताल आवुँखैरेनीमा उपचार भईरहेको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिएका छन् ।

बसका यात्रु मध्ये पाँच जनाको सकुशल उद्धार गरिएको र उनीहरु घर फर्किसकेका छन । दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले राति अवेरउद्धार कार्यमा सघाएका थिए ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: