शनिबार, जेठ १७, २०७७ | Saturday, May 30, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
देशभर १ लाख जना क्वारेन्टिनमा   * पुनर्निर्माणका काम गर्दा कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड स्वीकृत   * दैनिक ३५ सयसम्मलाई स्वदेश फर्काउन सकिने निष्कर्षमा समिति : जहाजको भाडा भने आफैं तिर्नुपर्ने   * एकैदिन १ सय ७० जना कोरोना संक्रमित थपिए: नेपालमा काेराेना संक्रमितको संख्या १२ सय १२   * नेपालमा कोरोना संक्रमणबाट छैटौँ व्यक्तिको मृत्यु ।   * सुत्केरी व्यथा लागेपछि क्‍वारेन्टाइनमै बच्चा जन्मियाे   * रौतहटमा मात्रै एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि   * भारतसँग औपचारिक वार्ताको प्रतीक्षामा: परराष्ट्रमन्त्री ज्ञवाली   * भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै एक ब्यक्तिको मृत्यु ।   * चन्द्रागिरी नगरपालिकाद्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ थान मोटरसाइकल हस्तान्तरण ।   *
[bsa_pro_ad_space id=33]
शनिबार, जेठ १७, २०७७ Saturday, May 30, 2020
पत्रपत्रिका खवर

उपत्यकाबाट बाहिरिने र भित्रिने सवारी साधन सोमवारबाट रोकिने

०९-चैत्र-२०७६ | ०८:००:१२ am

सरकारले सोमबार (१० चैत)देखि सबैखाले यात्रुवाहक साधनलाई काठमाडौं उपत्यकाबाट बाहिरिन र भित्रिन रोक लगाउँदै छ ।

यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चारपांग्रे तथा दुईपांग्रे सबै यातायातका साधनमा यो नियम लागू हुनेछ । काठमाडौंबाहेकका सहर (ठाउँ)को हकमा पनि यही नियम कार्यान्वयन हुँदै छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको संयोजकत्वमा शनिबार बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको समाचार आजकाे नयाँ पत्रिकामा छ ।

शुक्रबार प्रधानमन्त्री केपी ओलीको सम्बोधनमा लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाउने उल्लेख थियो ।

‘काठमाडौं मात्र होइन, पोखरा, नेपालगन्ज, विराटनगरलगायत अन्य ठाउँबाट पनि एक–अर्को क्षेत्रका लागि यात्रुवाहक साधन सञ्चालन गर्न दिइने छैन,’ यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले नयाँ पत्रिकासँग भने । अन्य अत्यावश्यक यातायातका साधनलाई भने सञ्चालनमा छुट छ ।

कानुनअनुसार लामो दूरी भन्नाले दुई सय ५० किलोमिटरभन्दा टाढाको यात्रालाई जनाउँछ ।

तर, प्रधानमन्त्रीले कानुनी व्यवस्था नहेरी सहरभन्दा बाहिर जानबाट रोक्ने उद्देश्यले ‘लामो दूरी’ शब्द प्रयोग गरेको र शनिबारको बैठकले दुई सय ५० भन्दा कम दूरीको यातायात सञ्चालनलाई पनि रोक लगाउने निर्णय गरेको विभागले जनाएको छ ।

कानुनी व्यवस्थाअनुसार २५ किमिसम्मलाई छोटो र दुई सय ५० किमिसम्मलाई मध्यम दूरी परिभाषित गरेको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: