सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

कोरोनाको सम्झना (कविता)

०८-चैत्र-२०७६ | ०६:१०:०६ pm

विहान उठ्ने वित्तिकैको तातोपानीको घुुट्कीसंगै
म तमीलाई सम्झन्छु कोरोना
तिमी मेरो प्रीय मानिसजस्तै जतिखेर साथै हुने छायाजस्तै
सधैं सपिङमलमा घुमिरहने
आउँछकी भनी डरमा बाँचिरहने

अचेल भात तिम्रै सम्झनामा पाक्छ
भातको पहिलो गाससंगसंगै
बसमा चढ्दा देखिने हातसंगै
पठाउँदा कितावका पानामा

ती अवोध बालकहरुको आँखामा
कतै तिमी यमराज बनी तर्साउँछौं की
भूकम्प र नाकाबन्दी भोगेका ती पीडितलाई
तिम्रो गधाले हान्दै हान्दै चित्रगुप्ताको फाइल पल्टाउन पुराउँछौंकी

अब हामी सजक भइसक्यौं
तिम्रो उपचारका लागि तयार भईसक्यौं

हरेक पन्ध्र मिनेटमा पानी पिउँदै
साबुन पानीले मिचिमिचि हात धुँदै
नमस्कार गरी अभिवादन गर्दै
ठूलो जमघटबाट टाढाटाढा भाग्दै
रुघाखोकी र ज्वरोबाट बच्दै

अब हामी सचेत भई बस्दैछौं घरमा
कोरोना संक्रमणमुक्त भई यो स्वर्गभूमिमा

-लक्ष्मी पुडासैनी, काठमाडौं

 

सम्बन्धित समाचार
  • %d bloggers like this: