बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   * कोराना नियन्त्रणका लागि सबैभन्दा ठूलो योगदान   * कोरोना महामारी फैलिए उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

कोरोनाका आवश्यक सामानमा पनि भ्रष्टाचार र ढीलासुस्ति हुने देखेर सरकारले सबै सहयोग यो देशसंग माग्यो

०८-चैत्र-२०७६ | ०१:५३:२२ pm

 

नेपालमा ढिला सुस्ती र बेइमानी यति सम्म छ की चिकित्सकीय सामन पनि निष्पक्ष किन्न सक्ने अवस्था स्वास्थ्य मन्त्रालयमा छैन ।
सरकारी खरिद प्रक्रियाबाट त्यस्ता चिकित्सकीय सामग्रीहरूको खरिद गर्दा लामो र ढिलाइ प्रक्रिया हुने भएकाले मन्त्रालयले चीनसँग सहयोगस्वरूप ती सामग्री मागेको छ ।

केही दिनअघि चीन सरकारले नेपाललाई आवश्यक सामग्री सहयोग गर्ने बताएको थियो। त्यसकै आधारमा मन्त्रालयले छोटो समयमै ल्याउन सकिने गरी सहयोगस्वरूप आत्यावश्यक स्वास्थ्य सामाग्रीहरूको माग गरेको बताइएको छ।

हाल मन्त्रालयले तत्काल अत्यावश्यक पर्ने उपकरण र सामग्रीको सूची बनाएर परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाइसकेको छ। तर, ती सामग्रीको स्वीकृत भइसकेको जानकारी भने चीन सरकारले दिइसकेको छैन।

मन्त्रालयले चीन सरकारसँग माग गरेका स्‍वास्‍थ्‍य सामग्रीहरूमा २० हजार थान पर्सनल प्रोटेक्टिभ इक्वीपमेण्ट, २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटर १०० थान छन्।

त्यसैगरी, मोनिटर– २,००० थान, एबिजी मेसिन– २० थान, भाइरल डिटेक्टिङ पिसिआर मेसिन, २० थान अक्सिजन प्लान्ट, ५ थान रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसन, १०,००० थान इन्ट्युवेटिङ सेट, २,००० थान इन्फेक्सस डिजिज मोबाइल एम्बुलेन्स, ७ थान सिआरआरटी मेसिन, २० थान पिसिआर किट्स, २,००० थान थर्मल थर्मो्मिटर, १,००० थान थर्मो स्क्यानर, १० थान मेडिकल सुविधा सहितको मोबाइल एम्बुलेन्स र ५ थान जसमा मेडिकल सुविधासहितको मोबाइल एम्बुलेन्ससहित रिएजेन्ट फर कोरोना भाइरस आइडेन्टिफिकेसनसम्मका सामाग्रीसमेत माग गरेको बुझिएको छ ।
यो सामान अहिले नेपाली संयन्त्रले किन्ने हो भने महिनौ लाग्न सक्ने उच्च श्रोतको दावि छ ।

सम्बन्धित समाचार