बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँले घटायाे डिजेल-पेट्रोलको मूल्य   * नेपाल आयल निगमले इन्धनको मूल्य घटायो   * लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

अब एटिएम लगायत सबै डिजिटल बैकिंग निशुल्क हुने

०७-चैत्र-२०७६ | ०३:४०:५० pm

 

चैत्र ९ गते शुक्रबार बाट नेपालमा सबै डिजिटल कारोबार निशुल्क गरिने भएको छ । ७ गत कामु गभर्नर चिन्तामणि शिवाकोटी र बैंकर्सहरु बीच भएको छलफलले डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय गरेको हो । डिजिटल कारोबार निःशुल्क गर्दा बैंकको काउन्टरमा हुने भिडभाट कम हुने र त्यसले कोरोनाको संक्रमण फैलिनबाट रोक्न मद्दत पुग्ने भन्दै वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले यस्तो व्यवस्था मिलाएको हो ।

साथै, बैंकर्स संघले डिजिटल भुक्तानी तथा अन्तर बैंक एटीएम सेवालाई पनि निःशुल्क गर्ने निर्णय गरेको छ । नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने कनेक्ट आइपिएस सेवामा पनि कुनै शुल्क नलाग्ने जनाएको छ । यो व्यवस्था सम्पूर्ण वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा लागू हुनेछ । अर्को व्यवस्था नभएसम्मका लागि यी सेवाहरु निःशुल्क गरिएको हो ।

ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेको बैंकर्स संघले जनाएको छ । जसले गर्दा बैंकमा ग्राहकको भिड कम हुने र कोरोनाको जोखिम कम गर्न यस्तो निर्णय भएको बैंकर्स संघले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार