मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
सप्तरीमा एकजना गर्भवतीको मृत्यु: कोरोनासँग मिल्दो लक्षण: स्वाब लिइयाे   * थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

यातना दिई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा तीन जना पक्राउ

०७-चैत्र-२०७६ | १२:५३:२६ pm

भक्तपुर । शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ खानिखोला गाउँपालिका वडा नं.१० घर भएका भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा १ लोकन्थली बस्ने ३६ वर्षीय अप्सरा बास्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिकावडा नं. २ घर भएकी ३४ वर्षीया सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका वडा नं. २ घर भएकी एनिहा सुब्बा रहेका छन् ।

बुधबार साँझ भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. १ मनहरामा खोटाङ दिक्तेल नगरपालिका वडा नं. ३ पिनालाखा घर भई मनहरा डेराकोठा गरी बस्ने ३५ वर्षीया बिमला राई आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आत्महत्या दुरुत्साहन मुद्धामा थप अनुसन्धान गररिरहेको छ ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: