मंगलबार, जेठ १३, २०७७ | Tuesday, May 26, 2020

काठमाडौँ
[bsa_pro_ad_space id=33]
सप्तरीमा एकजना गर्भवतीको मृत्यु: कोरोनासँग मिल्दो लक्षण: स्वाब लिइयाे   * थप ५ जनामा कोरोना पुष्टि: संक्रमित मध्य २ सैनिक   * ड्युटीमा खटिएका सईकाे टिपरको ठक्करबाट मृत्यु   * रुकुम घटना:आधा घण्टा सडकमा दौडिएर नदीमा हामफाल्यौँ तर हामी माथि ढुङ्गामुढा भैरह्यो   * सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि   * गुल्मीको जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि   * बन्लान त माधवकुमार नेपाल प्रधानमन्त्री !   * क्वारेन्टाइनबाट ३० जना फरार   * कोरोनाको उपचारमा खटिएका डाक्टरकाे कुरालाई लिएर डाक्टरहरुबीच कुटाकुट   * करण जोहर आइसोलेशनमा   *
[bsa_pro_ad_space id=33]
मंगलबार, जेठ १३, २०७७ Tuesday, May 26, 2020
Welcome news

कोरोना अफवाह मात्रै: यस्ताे छ यथार्थ

०७-चैत्र-२०७६ | १०:४३:३६ am

काठमाडाैँ । कोरोना भाइरसले महामारीको रूप लिएको र विश्वभरी भाइरस फैलिएको भन्ने कुरा अफवाह मात्रै हो । चीनको वुहानवाट सुरु भएको भनिएको कोरोना वास्तवमा सामान्य रुघाखोकीबाहेक अरू केही होइन ।

चीनमै पनि कोरोना भाइरसका कारण मृत्यु भएकाहरु भनेका गरिब, स्वास्थ्यमा ध्यान नदिने तथा उमेर ढल्केकाहरुको मात्र मृत्यु भएको देखिन्छ ।
कोरोनाको इपिसेन्टर चीनमा करिब डेढ अर्ब मानिस रहेको चीनमा करिब डेढ अर्ब जनसंख्या छ ।

यति धेरै जनसंख्या भएको चीनमा ३९ सयको मात्र मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु भएका भनिएकामा ८३ प्रतिशत वृद्धको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कोरोनालाई अनावश्य रूपमा उछालेको छ । विश्व स्वास्थ्य संगठनले विश्वका ५७ देशमा कोरोनाको संक्रमण भइसकेको जनाएको भएता पनि त्यो सामान्य रुघाखोकीलाई ध्यान नदिँदा फैलिएको संक्रमण मात्र हो ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा खर्च गर्न विभिन्न राष्ट्रहरुवाट रकम संकलन गरेको हुन्छ र त्यो खर्च गर्न उसले कोरोनाको अफवाह फैलाएको हो ।
अहिलेसम्म विश्वभरि ८६ हजार ५ सय २९ जना मानिस विश्वभरि संक्रमित भएको ।

चीनमा मात्रै ७८ हजार ८ सय २४ जना मानिस संक्रमित तथा २ हजार ८सय ७० जना मानिसको चीनमा मात्रै मृत्यु भएको र विश्वभर करिब २ हजार ९ सय ७९ जना मानिसको मृत्यु भइसकेको भन्ने कुरा अफवाह मात्र हो । उनीहरुको मृत्युनै संकाष्पद छ ।

स्वास्थ्यसँग सम्बन्धित समस्या एड्सलाई पनि कुनैबेला यस्तै अफवाह फैलाइएको थियो । त्यतिबेला पनि विश्व स्वास्थ्य संगठन र अमेरिका, युरोपेली मुलुकलगायत देशले यस्तो अफहवा फैलाएका थिए ।

अहिले पनि कोरोनाको नाममा अमेरिका, इरान, इटली, दक्षिण कोरियालगायत देशले अनावश्यक रुपमा व्यापार विस्तार गर्न तथा औषधिको कारोबार बढाउन यसको गलत प्रचार गरेका हुन् ।

हाल युरोपेली देश इटली, डेनमार्क, रोमानिया, ग्रिस, स्विट्जरल्यान्ड, अस्ट्रियालगायत देशले पनि त्रासको वातावरण सिर्जना गरी व्यापार बिस्तार गर्न लागिपरेका छन् ।

इरान मुस्लिम देश हो । यसको जनसंख्या पनि अधीक छ । बढी जनसंख्या भएको देशमा अलिअलि मानिस मर्नु सामान्य हो । अहिलेसम्म त्यहाँ २ सय १० जनाको मात्र मृत्यु भएको दाबी गरिएको छ ।

त्यस्तै, साढे एक अर्ब मानिस बसोवास गर्ने भारतमा दैनिक २२ हजार ५ सय मानिसको मृत्यु हुने गर्छ । १–२ सय जनाको बढी मृत्यु हुनु खासै चिन्ता लिनु पर्ने कुरा होइन । त्यसमा पनि वृद्ध ।

विश्वमा यत्रो हल्ला चलिरहँदा नेपालमा यो रोग अहिलेसम्म देखिएकै छैन । यसले पनि कोरोना अफवाह भन्दा बढी केही बढी होइन भन्न सकिन्छ ।

यी तथ्यले के देखाउँछ भने नेपालले परीक्षा स्थगित गर्नु, मनोरन्जनका क्षेत्र बन्द गर्नु, विमानस्थल बन्द गरेर हल्लाको पछि लागेर आफ्नै खुट्टामा बन्चरो हानिरहेको छ ।

अहिले नेपालले कोरोना रोकथामका लागि भन्दै जुन किसिमको क्रियाकलाप गर्दै छ । त्यो गर्नु आवश्यक छैन ।

यसले नेपाललाई फाइदा भन्दा पनि घाटा गराउँछ । नेपालको आर्थिक क्रियाकलाप चौपट बनाउँछ । पर्यटन व्यवसाय धरापमा पार्छ । यसका अलवा नेपालको विकास अझ केही वर्ष पछाडि धकेलिन्छ ।

बिहीबार मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा संबोधन गर्दै ६५ वर्षभन्दा माथिकालाई घरबाहिर ननिस्कन आह्वान गरेका छन् ।

उनकै यो संबोधनलाई आधार मान्ने हो भने यो भाइरसले वयस्क र बालबालिकालाई छुन नसक्ने बताउँछ ।

चीनको तथ्यांकले पनि यही देखाएको छ । कोरोना नाम दिएर जुन किसिमको हल्ला फिजाइएको यो वास्तवमा भाइरस नभई हल्ला मात्रै हो ।

नेपालमा यसको प्रभाव नदेखिएकाले यसको रोकथामका लागि भन्दै नेपाल यसको पछि दगुरेको छ ।

यसले नेपाललाई घाटाभन्दा बढी अरु केही हुने देखिएको छैन ।

सम्बन्धित समाचार
[bsa_pro_ad_space id=16]
%d bloggers like this: