सोमबार, चैत्र २४, २०७६ | Monday, April 06, 2020

काठमाडौँ
चिडियाखानाको बाघलाई कोरोना भाइरस   * कोरोनाका कारण अमेरिकामा निधन हुने नेपालीको सङ्ख्या पाँच   * न्युयोर्कमा एकै रात चार जना नेपालीको मृत्‍यु   * आगामी दुई हप्तामा अझै धेरै मानिसको मृत्यु हुन सक्ने : ट्रम्प   * विदेशबाट फर्केकालाई २१ दिनसम्म अनिवार्य क्वारेन्टाइनमै राख्नुपर्ने: सुदूरपश्चिम सरकार   * बर्दगोरीया गाउपालिकाको राहत तथा उद्धार कोषमा बौनिया जेसिसको खाद्यान्न सहयोग   * लकडाउनको अवज्ञा गरी भारततर्फ लैजाँदै गरेको अवैद्य ६ सय लिटर डिजेल र पेट्रोल बरामद   * जलजला   * कोरोनाविरुद्ध जुध्ने सहमती जुटाउन पूर्वप्रधानमन्त्रीहरुलाई देउवाको टेलिफोन   * राप्रपाका नेता सुवेदीको निधन   *
सोमबार, चैत्र २४, २०७६ Monday, April 06, 2020
Welcome news

कोरोनाविरुद्ध सरकारको तयारी तीव्र

०७-चैत्र-२०७६ | ०८:००:४९ am

काठमाडौं । सरकारले कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्नो तयारीलाई जारी राखेको छ । उच्च सतर्कता अपनाउँदै सम्भावित जोखिमलाई कमी गर्न सबै उपाय अवलम्बन गरिएको उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

चिकित्सकहरूले पनि कोरोना भाइरस नभित्रिएकाले आत्तिनपर्ने अवस्था नभएको बताएका छन् । प्रदेश सरकारलाई आवश्यक आइसोलेसन बेड तयारी अवस्थामा राख्न उच्चस्तरीय समन्वय समितिले निर्देशन दिइसकेको छ । प्रदेश सरकारहरूले पनि आइसोलेसन बेड बनाउने कार्यलाई अघि बढाइसकेका छन् । यस्तै, विमानस्थलमा थर्मल गनसहित स्वास्थ्यकर्मी दिनरात खटिएका छन् । जिल्लाजिल्लामा कोरोना भाइरस संक्रमणबाट बच्न सचेतना पैदा गर्ने काम भइरहेको छ ।

आवश्यकताअनुसार कम्तीमा १ सय १५ वटा आईसियू बेडको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ । यस्तै, स्वास्थ्य सामग्रीहरू र कीट अभाव हुन नदिने गरी सरकारले तयारीलाई तीव्र पारेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यमा संलग्न जनशक्तिहरूलाई जोखिम भत्ता उपलब्ध गराउने सरकारको तयारी छ ।

यसैबीच, कोरोना भाइरस संक्रमणको जोखिममा नेपाल रहे पनि आत्तिनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् । चिकित्सकले कोरोना भाइरसबाट बच्न पर्याप्त मात्रामा सरसफाइमा ध्यान दिनुपर्ने र भीडभाडमा नजान सुझाव दिएका छन् । सरुवा रोग अनुसन्धान विशेषज्ञ डा। जीवनबहादुर शेरचनले भने, ‘आतंकित हुनुपर्ने अवस्था छैन । तर, सतर्कता अपनाउनैपर्छ । नेपालमा भाइरस सक्रिय हुने वातावरण नभएर पनि संक्रमण नभएको हुन सक्छ ।’ उनले कोरोना भाइरस संक्रमणबाट बच्न व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए ।

चिकित्सकहरूले भाइरस संक्रमण हुँदैमा मृत्यु नहुने भएकाले त्रसित हुनु नपर्ने बताएका छन् । सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्ने बताए ।

सरकार देशभरका अस्पतालमा निमोनियाका बिरामीको सूची तयार गरी परीक्षण गर्ने तयारीमा छ । चीन सरकारले नेपाललाई एक लाख थान एन ९५ मास्क र २० हजार थान थर्मल गन ९इन्फाइरेड थर्ममिटर० सहयोग गरेको छ । हालसम्म कोरोना संक्रमणबाट ९ हजार बढीको जनाको ज्यान गएको छ भने २ लाख २२ हजार ६ सय ४३ जनामा संक्रमण देखिएको छ । १ सय ५९ देशमा कोरोना संक्रमणको प्रभाव परेको छ । राजधानि दैनिक

सम्बन्धित समाचार
  • %d bloggers like this: