बुधबार, चैत्र १९, २०७६ | Wednesday, April 01, 2020

काठमाडौँ
लकडाउनमा अलपत्र यात्रु लिई अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो नेपालको वाइडबडी   * शक्तिराष्ट्र अमेरिकामा महामारीबाट कसरी मुक्त हुने भन्ने हिसाब किताब हुँदै   * स्पेनमा कोरोना संक्रमितको संख्या एक लाख दुई हजार एक सय ३६   * बाइडनको लोकप्रियता राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा बढेको देखियो   * नगद, ल्यापटप तथा सुनका विभिन्न गरगहना चोरी   * भक्तपुरमा प्रत्येक घर एक पास   * एनसेल विस्तारै पूँजीगत लाभकर बुझाउँदै   * कोरोना प्रकोपले अहिलेसम्मकै ठूलो विश्वव्यापी मन्दी ल्याउन सक्छ: राष्ट्रसंघ   * कोराना नियन्त्रणका लागि सबैभन्दा ठूलो योगदान   * कोरोना महामारी फैलिए उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सुविधा सम्पन्न होटलमा राखिने   *
बुधबार, चैत्र १९, २०७६ Wednesday, April 01, 2020
Welcome news

शेयर बजारमा पनि कोराना बन्द लागु हुने

०६-चैत्र-२०७६ | ०२:४६:०० pm

 

सेयर कारोबार बन्द गर्नको लागि धितोपत्र बोर्ड सहमत भएको छ । सेयर ब्रोकर संघ,लगानीकर्ताका संगठन तथा नेपाल स्टक एक्सचेन्जका प्रतिनिधिसँगको बैठकमा धितोपत्र बोर्डले कारोबार बन्द गर्न सहमत जनाएको हो ।

धितोपत्र बोर्ड पुगेका सरोकारवालाले बोर्ड अध्यक्ष भीष्मराज ढुंगाना समक्ष कोरानाको कारण तत्कालको लागि सेयर कारोबार बन्द गर्न सुझाव दिएका थिए ।

बोर्ड अध्यक्ष ढुंगानाले सबै सरोकारवालाबाट सेयर कारोबार बन्द गर्ने सुझाव आएको हुँदा सो अनुसार निर्णय गर्न सकिने बताए । सेयर कारोबार बन्द गर्ने निर्णय धितोपत्र बोर्डले लिने छ ।

बोर्डले सेयर कारोबार बन्द गर्न निर्णय भने अर्थमन्त्रालयसँग रायपछि लिने छ । सरोकारवालसँग लिएको सुझावलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा अर्थमन्त्रालयसँग सुझाव लिएर मात्र निर्णय गरिने बोर्डले जनाएको छ ।


सेयर कारोबार केही समयका लागि बन्द गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड तयार भएको छ । लगानीकर्ताका ५ वटै संगठन, ब्रोकर एसोसिएसन तथा नेप्सेसमेत सम्मिलित बिहीबारको छलफलपछि बोर्ड बजार केही अवधिका लागि स्थगित गर्न सहमत भएको हो । अब अर्थ मन्त्रालयको सहमति लिएर यसबारेमा आधिकारिक निर्णय गरिनेछ । सम्भवतः आइतबारबाट बजार बन्दको निर्णय हुन सक्नेछ ।

यता, बिहीबारबाटै सेयर ब्रोकर कार्यालयमा रहने सेयर कारोबार सम्बन्धी डिस–प्ले बन्द गरिने भएको छ । अनलाइन कारोबार भने बिहीबार जारी हुनेछ । ५ जनाभन्दा बढीलाई ब्रोकर कार्यालयमा एकसाथमा प्रवेश नदिने, मास्क लगाएरमात्र जानुपर्ने लगायतका व्यवस्था पनि गरिने भएको छ ।

बोर्ड आफैंले अधिकतम ५ दिनका लागि बजार बन्द गर्न सक्छ । त्यसभन्दा बढी अवधि स्थगित गर्न अर्थ मन्त्रालयको सहमति लिनुपर्ने हुन्छ । लगानीकर्ताहरुले कम्तिमा पनि चैत महिनाभर बन्द गर्नुपर्ने माग गरेपछि बोर्डले अर्थ मन्त्रालयको सहमति लिन लागेको हो । धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले कारोबार बन्द गर्न सक्नेछ ।

सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले लगानीकर्ताको माग बमोजिम सेयर कारोबार केही समयका लागि बन्द गर्न बोर्ड सहमत भएको नेपाली पैसालाई जानकारी गराए । यस निर्णयबाट सेयर बजारलाई थप पेनिक हुनबाट जोगाउन राहत मिल्ने अपेक्षा गरिएको छ ।

यता, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि सेयर कारोबार बन्द गर्न धितोपत्र बोर्ड सहमत भएको जानकारी दिइन् । अब बोर्डले अर्थ मन्त्रालयसँग समन्वय गरेर केही समयका लागि बजार बन्द गराउनेछ, उनले नेपाली पैसालाई जानकारी गराइन् ।

 

सम्बन्धित समाचार