शनिबार, चैत्र १५, २०७६ | Saturday, March 28, 2020

काठमाडौँ
निजामति कर्मचारी युनियनद्वारा कोरोना रोकथामका लागि दुई लाख एकाउन्नहजार सहयोग   * काराेनाविरुद्धको लडाईं जित्न घरमै बस्नुस् – अध्यक्ष दाहाल    * धनगढी, डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय   * साझा पार्टीले बुझायो प्रधानमन्त्रीलाई सुझावपत्र   * कोरोना नियन्त्रणका लागि १८ हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा   * रगतको अभाव हुन नदिन रक्तदाता तयारी अवस्थामा रहेको : नेपाल रेडक्रस   * कांग्रेसका सुझाव सुझाव सरकारले कार्यान्वयन गर्ने   * नेपालले अस्ट्रेलियाली नागरिकलाई स्वदेश फिर्ता पुर्याइदिने   * कोरोनाबाट थप एक युवतीमा संक्रमण भेटियो, नेपालमा उनी पाँचौं संक्रमित   * के रहेछ र जिन्दगानी कोरोनाले बाबु छोरीको मृत्यु पाइएनन् मलामी   *
शनिबार, चैत्र १५, २०७६ Saturday, March 28, 2020
Welcome news

एसइई स्थगित भएपछी दुर्गमका विद्यार्थी यसरी निराश हुँदै घर फर्किए

०६-चैत्र-२०७६ | ०२:०२:२४ pm

बाजुरा । सरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन भन्दै बुधबार सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित गरेको छ । जसका दुर्गम क्षेत्रका विद्यार्थी यसको मारमा परेका छन्

बाजुराका अधिकांश विद्यार्थी परीक्षा केन्द्र पुगेर निराश हुँदै फर्केका छन् । सरकारले एसइई हुने दिनभन्द अघिल्लो साझ एसइई स्थगित गरेको निर्णय गर्दा बाजुराका विद्यार्थी यसरी निराश हुँदै घर फर्कन बाध्य भएका हुन् ।

यसरी एसइई परीक्षाको तयारीमा रहेका हजारौँ विद्यार्थीमध्ये बजुराको दुर्गम शैलेश्वारी मावि फैतीमा परीक्षा दिन गएकी परीक्षर्थी छात्रा मुगामति रोकायाले सरकारले तत्काल एसइई स्थगित गरेकोमा दुःखेसो गरिन् । उनी परीक्षा दिनकै लागि फैतीमा ५–६ दिन  देखि कोठा लिएर परीक्षाको तयारीमा बसेकी थिइन् । ‘एसइईको तयारीका लागि कोठा लिएर बसेका हामीलाई फर्कर घर जान निकै समस्या भइरहेको छ,’ उनले भनिन्, ‘एसइईका लागि आर्को सूचना कहिले आउँछ हामी यसबारे अन्योलमा छौँ ।’

यी छात्रा विच्छ्या माविकी नियमित विद्यार्थी हुन् । मगामती रोकाय परीक्षा दिनका लागि घरबाट करिब दुई दिन हिँडेर परीक्षा केन्द्र फैतीसम्म पुगेकी थिइन् ।
यसरी आफ्नो भाग्यको मूल ढोका खोल्का लागि उनीजस्ता हजारौँ विद्यार्थी रोकायजस्तै गरी केहीदिनदेखि घारबाट टाढा कोठा लिएर बसेका थिए ।

त्यसैगरी, जनप्रकाश मावि परीक्षा केन्द्रका केन्द्रअध्यक्ष धीरबहादुर दानीले परीक्षका लागि सबै तयारी पूरा भइसकेको, तर, अन्तिम समयमा आएर परीक्षार्थी परीक्षा नदिइ घर फर्कँदा आफूलाई नरमाइलो लागेको वर्णन मिडियालाई बताए । यद्यपि, उनले कोरोनाले विश्वमै महामारी फैलाइरहेकाको अवस्थामा सरकारको निणर्यलाई कदर गरेको बताए । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसका कारणले धेरै संख्यामा ज्यान गाुमाइसकेका छन्, यसका लागि पनि हामीले सचेत रहनुपर्ने हुन्छ,’ केन्द्रअध्यक्ष दानीले भने, ‘सरकारले एसइई परीक्षा स्थगित गर्नैपर्ने थियो भने दुईदिन अगाडि स्थगित गरदिएको भए विद्यार्थीले यति दुःख भोग्नुपर्ने थिएनन् ।’

दानीले पाँच विद्यालयका लागि परीक्षाकेन्द्र तोकिएको जनप्रकाश माविमा २७६ जना परीक्षार्थी निराश हुँदै घर फर्केको बताए । सरकारसले एसइई स्थगित गरेको जानकारी हिजो सात बजेतिर सार्वजनिक गरेको थियो । तत्काल परीक्षा स्थगित गर्दा धेरै विद्यार्थीले दुःख पाएका छन् ।

सम्बन्धित समाचार
  • %d bloggers like this: